वीरगञ्ज, कात्तिक २० गते । वीरगञ्जबाट चार जनालाई प्रतिबन्धित विस्फोटक पदार्थ पटाका सहित पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली सहित तीन जना भारतीय नागरिक रहेका छ ।
भारतबाट लुकिछिपी ल्याएका एक हजार पटाकाको प्याकेट सहित बीरगंज महानगरपालिका १६ इनर्वा बस्ने बर्ष २० का रन्जन कुमार साह, भारत विहार राज्य रक्सौल मौजेटोलका २६ वर्षिय राजकुमार गुप्ता, बर्ष २६ का शैलेशकुमार चौरसिय र बर्ष ३० का अखिलेश प्रसाद चौरसिया पक्राउलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
प्रदेश २ प्रहरीका अनुसार अनुसार बुधबार भारतको रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका १६ स्थित सडक खण्डमा ना.२ ह ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा पटाकासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
किंगकोबरा लेखिएको पटाका एकहजार प्याकेट बरामद गरेको छ । पटाका सहित एक रिक्सा र एक साईकल समेत बरामद तिनीहरुबाट बरामद गरिएको प्रदेश प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
चारैजनामाथि विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !