Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सरकारी नितीको कारण राराब क्याम्पस धारासायी हुँदै


सरकारी नितीको कारण राराब क्याम्पस धारासायी हुँदै

जनकपुरधाम, कात्तिक १७ गते । करीब ७ दशक पुरानो जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा धारासायी हुने अवस्थामा पुगेको छ ।

कुनै समयमा १० हजारभन्दा बढी विद्यार्थीले भरिभराउ रहने राराब क्याम्पसमा करीब ७/८ वर्षदेखि विद्यार्थी आभावमा सुनसान देखिन थालिएको छ । हुनत विद्यार्थी अहिले सो क्याम्पसमा तीन हजारको हाराहारीमा छन तर पढाई नै नहुने भएपछि तिनीहरु क्लास नगरी परीक्षा दिन मात्रै आउने गरेका छन ।

जनकपुर अंचलका जिल्लाहरु मात्र नभई ओखलढुंगा, बारा, पर्सा रौतहट, रामेछाप र सिन्धुली लगायतका दर्जनौ जिल्लाका विद्यार्थी डेढ दशक अघिसम्म सो क्याम्पसमा पढन आउने गर्थे । क्याम्पसमा दिनदिनै खस्किदै गएको अवस्थाका कारण “क” वर्गमा रहेका सो क्याम्पस अहिले “ग” वर्गमा झडिसकेको छ ।

यस क्याम्पसबाट पढेकाहरु देशकै उच्च पदसम्म पुगिसकेका छन । देशका चर्चित डाक्टर, इन्जिनियर र मन्त्री सांसद सहितका राजनीतिज्ञ समेत यस क्याम्पसबाट उत्पादन भएका छन । तर सरकरी तथा त्रिभुवन विश्वविद्यालयको नितीको आज ती क्याम्पसमा विद्यार्थी हुनुको सट्टा बिरान बनेका छन ।

जनकपुर अंचल मात्र होइन देशकै जेठो क्याम्पस मध्येका एक रहेका करीब ७ दशक लामो इतिहास बोकेका यी राराब क्याम्पस सरकारी निति र कार्यरत प्राध्यापकहरुको कारण धारासायी हुँदै गएको क्याम्पस प्रशासनको आरोप छ ।

ई कागज सँग कुरा गर्दै क्याम्पस प्रमुख प्रदीप प्रसाद साहले भने प्राध्यापक आभाव र सरकारले शिक्षालाई निजीकरण गर्दै गएको कारण आज राराब क्याम्पस दुरावास्थामा पुगेको हो ।

उनले भने क्याम्पस प्रमुख साहले सरकारले शिक्षालाई पनि निजिकरण गर्ने गरेको निर्णय आफ्नै खुट्टामा बञ्चरो हान्ने सरह साबित भएको बताए । प्रवीणता प्रमाण तहलाई उच्च शिक्षाबाट खारेज गर्नु, टियूले विभिन्न संकायको फैकेल्टीहरुलाई प्याकेजिंग सिस्टममा प्राइभेटकरण गरेको कारण पनि राराब लगायतका सरकारी क्याम्पसमा विद्यार्थी अध्यापन गर्न छाडेका हुन ।

जनशक्ति आभाव

प्रमुख साहले भने केही वर्षअघिसम्म यस क्याम्पसमा डेढ सय प्राध्यापकको दरबन्दी थियो, अहिले ८० को संख्यामा झरिसकेका छन । प्राध्यापकहरु अवकाश हुँदै गए तर टियूले त्यो रिक्त स्थानमा पदपूर्ति नगरेको कारण अहिले अधिकांश विषयको प्राध्यापक नै छैनन ।

केही विषयका लागि आंशिक रुपमा प्राइवेटबाट प्राध्यापक हाइयर गरी क्लास संचालन गर्ने प्रयास गरेका छौ तर क्याम्पसको आन्तरिक श्रोत्रले त्यो भार थेग्न गाह्रो छ ।

क्याम्पसमा पोलिटिकल साइन्स विषयमा १ सय विद्यार्थी भर्ना लिई सकिएको छ तर शिक्षक नै छैनन् । त्यस्तैै इतिहास तथा भूगोल विषयका शिक्षक नै छैनन् । नेपाली विषयका लागि १ जना प्राध्यापक मात्रै छन । प्राध्यापक आभावकै कारण दुई वर्षअघिसम्म अध्यापन हुँदै आएको बीएससीआईटी र माइक्रोबायोलोजी संकाय अध्यापन हाल बन्द गरिएको छ ।

क्याम्पसले स्नातक तहमा विज्ञान, वाणिज्य, मानविकी, शिक्षा, कम्युटर, वातावरण विज्ञान लगायतका विषयहरू संचालनमा रहेको छ । त्यस्तै स्नातकोत्तर तर्फ गणित, र्ईपीएम, अंग्रेजी, राजनीति शास्त्र, अर्थशास्त्र, जनसंख्या, सामाजिक विज्ञान, नेपाली, मैथिली लगायतका संकाय सञ्चालनमा छन् । तर प्राध्यापक अभावका कारण कहिले क्लास संचालन हुन्छ त कहिले बन्द हुन्छ ।

क्याम्पस प्रमुख साहले भने ५ वर्ष अगाडीसम्म १ सय ५० भन्दा बढी प्राध्यापकको दरबन्दी थियो तर हाल ८० जनामा सीमित भई सकेको छ । उनका अनुसार आगामी ५ वर्ष भित्रै २५ देखि ३० जना अझै अवकाश प्राप्त हुनेबाला छन् । नयाँ दरबन्दी पूर्ति नभएको कारण आउने समयमा क्याम्पस संचालन गर्न धौ धौ पर्नेछ ।

निजीकरणले समस्या

प्रमुख साहले भने टियू केन्द्रले बीएड, एमएड, एमबीएस संकायलाई निजीकरण गरिदिएपछि समेत यहाँ विद्यार्थी नआई निजी क्याम्पसमा जाने गरेको छ ।

उनले भने एक त विद्यार्थी नै यहाँ आउँदैनन र आएका विद्यार्थीहरुलाई पढाउन प्राध्यापक समेत भेटदैनन किनकी हामी भन्दा राम्रो पैसा निजी क्याम्पस संचालकहरुले ती प्राध्यापकहरुलाई दिइ रहेका छन ।

प्राध्यापकहरु सरकारी नीतिलाई दोषी ठहराई रहँदा पूर्व क्याम्पस प्रमुख नवेन्द्र निधिले प्राध्यापकहरुकै रबैयाका कारण आज राराब क्याम्पसको यस्तो हविगत भएको आरोप लगाएका छन ।
उनले भने राराबका स्थायी प्राध्यापकहरूले आफ्नै निजी क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिएपनि लगानी गरेका छन्,’ निधिले भने,’आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो । यसमा टियू पनि दोषी छन ।

प्राध्यापकहरूले निजी कलेजमा पढाउनुपूर्व त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । क्याम्पसमा घण्टी रहेको समय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन् । तर, प्रावधान कार्यान्वयन हुन सकेको छैन् । राराबमा कक्षा लिनुपर्ने समयमा अधिकांश प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाइरहेका हुन्छन् ।

उनका अनुसार टियूको विधान अनुसार सरकारी क्याम्पस भएको ठाउँबाट ५ किलोमीटर भित्र निजी क्याम्पस खोल्न प्रतिबन्ध लगाइएको छ । तर जनकपुर क्षेत्रमा राराब क्याम्पसको २ किलोमीटर भित्रै करीब एक दर्जन निजी क्याम्पसलाई संचालनको स्वीकृति दिएका छन ।

यावत समस्याका बीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु व्यवस्थापक पक्षलाई दोषी बताउंछन ।

स्नातक अध्ययनरत विद्यार्थी सुमित साहले भने अहिले त कोरोना महामारीले गर्दा क्लास भइरहेको छैन तर यसअघि पनि कहिलेकाही मात्रै पढाई हुन्छ । कहिले प्राध्यापक छैन त कहिले विद्यार्थी नै छैनन भनी क्लास हुदैन । टियुशनको भरमा मात्र हामीहरु पढदै आएका छौं ।

सरकारीस्तरबाट संरक्षण गरिएन भने निकट भविष्यमै मुलुककै जेठो क्याम्पस मध्येका एक राराब क्याम्पस अस्तित्व गुम्ने निश्चित छ । निजीरकण गरिएका विषयहरुका लागि टियूबाट प्राध्यापक पदपूर्ति गरिएमा पुर्ववत अवस्थामा संचालन हुने र विद्यार्थी संख्या बढन सक्ने विश्वास सम्बन्धित निकायको रहेको छ । साभार : ईकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ कार्तिक १७, सोमबार २१:०६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ कार्तिक १७, सोमबार २१:०६
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ कार्तिक १७, सोमबार २१:०६
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ कार्तिक १७, सोमबार २१:०६
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ कार्तिक १७, सोमबार २१:०६
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ कार्तिक १७, सोमबार २१:०६

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव