जनकपुरधाम, कात्तिक १७ गते । प्रहरीले धनुषाको विभिन्न स्थानबाट मलखाद्य, लता कपडा र मटर सहित करीब ५ लाख रुपैया बराबरको सामाग्री बरामद गरेको छ ।
विदेह नगरपालिका १ ठाडी गाउँबाट विशेष सूचनाको आधारमा स्थानीय लालबाबु पंजियारको घरबाट प्रहरी चौकी ठाडी झिजाबाट खटिएका प्रहरी टोलीले आइतवार छापामारी गरी एक लाख रुपैया मूल्य बराबरको मलखाद्य बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यस्तै विदेह नगरपालिकाकै वडा नम्बर ५ बाट भन्सार छली गरी भारतबाट ल्याइएको दूईवटा मोटरसाइकल सहित दुई लाख ११ हजार २ सय ५० सेतो मटर गरिएको छ ।
नगराईन नगरपालिका २ बाट पनि भन्सार छली गरी ल्याइएको एक मोटरसाइकल सहित ९० हजार रुपैया बराबरको रेडिमेड कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
बरामद गरिएका सामाग्रीहरु आवश्यक कारवाहीको भन्सार कार्यालय जनकपुरधाममा पठाइएको समेत उनले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !