जनकपुरधाम, कात्तिक १५ गते । जनकपुरधाम स्थित धनुषा अस्पतालले सर्वसाधारण जनताको स्वास्थ्यको ख्याल गर्र्दै काउन्सेलिंगका लागि टोल फ्री नम्बर संचालनमा ल्याएको छ ।
कोरोना भाइरस महामारीको दृष्टि गर्दै आम जनतामा एवारनेशका लागि सो अस्पतालले टोल फ्रि नम्बर संचालन संगै छठ पछि गाउँ गाउँमा गएर समेत काउन्सेलिंग गर्ने अस्पताल व्यवस्थापक निरज ढुंगेलले जनाएको छ ।
शनिवार पत्रकार सम्मेलनमा व्यवस्थापक ढुंगेलले अस्पालमा भर्ना हुने बिरामीहरुलाई आर्थिक अवस्था हेरी विपन्न वर्गलाई विशेष छुट गर्नुका साथै डिस्चार्ज भइसकेका बिरामीलाई एक हप्तासम्म फ्लोअप चेकअप गर्ने योजना समेत संचालनमा रहेको जानकारी दिए ।
साथै उनले सो अस्पताल बारे केही संचार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको प्रष्ट पारे । ती समाचारले गर्दा अस्पतालको साखमाथि ठूलो धक्का पुगेको भन्दै दुख व्यक्त गरे ।
उनले भने अस्पतालमाथि लगाइएको आरोप निराधार रहेको छ । समाचारमा पिडीत भनिएका व्यक्तिका साथै अस्पताल प्रशासनको कुरा राख्नुपर्नेमा त्यस्तो नगरिएको गुनासो गरे ।
उनले धनुषा अस्पताल सदैव स्वास्थ्य सेवाको धर्मलाई निर्वाह गर्दै आएको दावी गर्दै आउने दिनमा समेत स्वास्थ्य सेवालाई विस्तार गर्दै जाने जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !