जनकपुरधाम, कात्तिक १३ गते । कटुवा पेस्तोल र लागू औषध सहित सिरहाबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुर बजारबाट सवारी चेकजाँचको क्रममा बिहीवार बिहान एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र लागू औषध नाइट्रोभेट सहित तिनीहरुलाई पक्राउ गरिएको हो ।
सवारी चेकजाँचको क्रममा ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले स.७ प.२५५३ नम्बरको मोटरसाइकलमा सवार स्थानीय २२ वर्षिय युवक डिम्पल यादवको साथबाट सो हतियार र लागू औषध बरामद गरिएको जनाएको छ ।
प्रहरीले डिम्पललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनामा स्थानीय २२ वर्षिय प्रेमनाथ यादवको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक शालीग्राम शर्माले जनाएको छ ।
फेला परेको हतियार, लागू औषध र प्रयोग भएका गाडी समेत नियन्त्रण लिई ती युवक विरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको शर्माले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !