जनकपुरधाम, कात्तिक १३ गते ।सेवाग्राहीका लागि राखिएको यातायात व्यवस्था कार्यालय जनकपुरधामको ३ सय थान स्मार्ट चालक अनुमति पत्र (लाइसेन्स) धान खेतमा फेला परेको छ ।
विभागबाट तयार भएर सेवाग्राहीको वितरणका लागि आएका सो ३ सय थान लाइसेन्ट जनकपुरधाम उपमहानगरपालिका १४ स्थित यातायात कार्यालयदेखि करीब २ सय मिटर पश्चिमतर्फ रहेको धान खेतमा फेला परेको जनाइएको छ ।
धान काट्न गएका एक महिलाहरूलाई सो लाइसेन्स फेला परेको हो । लाइसेन्स फेला परेको खबर फैलिएपछि स्थानीयले सो लाइसेन्स सम्बन्धित यातायात कार्यालय बुझाएको छ ।
लाइसेन्स फेला पारेकी महिलाले संचारकर्मीसँग कुरा गर्दै भनिन बुधवार दिउंसो तिर धान काटन आएको बेला खेतमा जताततै फ्याँकिएको अवस्थामा लाइसेन्स फेला परेको थियो र सो लाइसेन्स संकलन गरी स्थानीयको रोहबरमा बिहीवार बिहान कर्मचारीलाई बुझाएका हौं ।
यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतसम्म कसरी पुग्यो भन्ने कुराले कार्यालयको सुरक्षामाथि सरोकारवालाले गम्भीर प्रश्न उठाएको छ ।
घटना सम्बन्धमा यातायात कार्यालय जनकपुरधामका निमित प्रमुख विरेन्द्र साहले ३ सय थान लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै भने ४/५ दिनदेखि कार्यालय बन्द थियो त्यही बीचमा कसैले चोरेर खेतमा फालियो वा त्यसअघि नै लिएर फालेको भन्ने विषयमा म आफै अचम्भित छु ।
कुनै कर्मचारीको गलती हो या कसैले गलत नियत राखेर लाइसेन्स फालेको हो त्यो आफूलाई दुख दिने वा फंसाउने मनसायले मात्रै गरेको हो । घटना बारे अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइ सकिएको बताए ।
तर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला दिपक कोइरालाले भने घटना बारे आफूपनि सुनेको हुँ तर औपचारिक जानकारी कार्यालयले अहिलेसम्म गराएको छैन । उनले भने घटनाले कार्यालयको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ तर के गर्ने सम्बन्धित कार्यालय नै गम्भीर छैन ।
यातायात कार्यालय अहिले दलाल र बिचौलियाहरुको सहज पहुँच भएको कारणले घटना हुन गएको सम्बन्धमा प्रमुख साहले भने कर्मचारीहरुको मिलोमतोमा गाडीको नामसारी लगायतका फाइल खोज्ने बहाना भित्र छिर्ने गरेको हो । त्यस मध्येका नै कोही व्यक्तिले आफूलाई दुख दिने मनसायले यस्ता घटना निम्त्यिाएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !