जनकपुरधाम, कात्तिक १२ गते । महोत्तरीबाट अवैध लागू औषध दुई युवक पक्राउ गरिएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारास्थित सशस्त्रको चेकपोष्टले बुधवार दिउंसो लागुऔषध नाइट्रोभेट ट्याबलेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको ठूलोपात गाउँपालिका–९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिकाका मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट जलेश्वरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताएका छन ।
पक्राउहरुको साथबाट प्रहरीले १५ सय नाइट्रोभेट टेवलेट बरामद गरेको हो । प्रहरीले जनाए अनुसार भारतबाट झोलामा लुकाएर ल्याउँदै गर्दा शंको आधारमा चेकजाँच गर्दा तिनीहरुको साथबाट लागू औषध बरामद गरिएको हो ।
पक्राउ परेका दुवै युवकलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको शाहीले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !