Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शहीद दुर्गानन्द झा बारे कक्षा ११ को नेपाली किताबमा गलत तथ्य

गलती सच्याई इतिहास नै तोडमडोड गर्ने लेखकलाई कारवाही गर्न मांग


शहीद दुर्गानन्द झा बारे कक्षा ११ को नेपाली किताबमा गलत तथ्य

जनकपुरधाम, कात्तिक ११ गते । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११ को नेपाली किताबमा नेपालको पहिलो गणतान्त्रिक शहीद बारे गम्भीर त्रुटि देखिएको छ ।

लेखक बेगेन्द्र सुब्बा, देवी प्रसाद घिमिरे, रामचन्द्र खनाल र ज्ञानेश्वर निरौलाद्वारा लिखित सो किताबमा नेपालकै पहिलो प्रजातान्त्रिक योद्धा शहीद दुर्गानन्द झाको जन्म स्थान, आमाको नाम र शहादत मिति गलती लेखिएको देखा परेको छ ।

शहीद झाको जन्म धनुषा जिल्लाको जटही गाउँमा भएको हो, आमाको नाम सुकुमारी देवी झा र उनको शहादत वि.सं. २०२० माघ १५ गतेका दिन भएको थियो । तर सो किताबमा उनको जन्म सिरहा जिल्लाको जटही गाउँमा भएको, आमाको नाम देविका झा र शहादत मिति माघ ५ भएको लेखिएको छ ।

कक्षा ११ को नेपाली किताबको पृष्ट नं. ६१ मा सिर्जना र परियोजना भन्ने शिर्षकमा दिएको तस्वीर हेरेर पदावलीको आधारमा जिवनी लेख्नुस चित्र सहित विवरणमा यस्तो शहीद झा विरुद्ध यस्तो त्रुटि देखिएको छ ।

वल्र्ड ई अभिलेखालय विकीपिडीयामा समेत शहीद झाको जन्म स्थान धनुषा जिल्लाको जटही र शहादति मिति माघ १५ गते भनिएको छ । यति मात्र होइन उनका परिवार अहिलेपनि जटहीमै बस्दै आएका छन ।

नेपाल सरकारद्वारा बदनियतपुर्ण तरिकाले भावी पुस्तालाई इतिहासको बारेमा गलत जानकारी दिएर मधेश सँग विभेद र आफैमा लडाउन खोजिएको आरोप यहाँका शिक्षाविद् सहित स्थानीयवासी र नागरिक समाजका अगूवाहरुको रहेको छ ।

संचारकर्मीसँग कुरा गर्दै युवा अभियन्ता सरोज मिश्रले भने मधेश सँग विभेद गर्दै आएका नेपाल सरकारले अब भावी पुस्तालाई समेत इतिहास बारे गलत जानकारी दिएर भ्रमित गर्न खोजिएको हो । यस्ता गलत र तथ्यहीन जानकारी दिने लेखकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्छ ।

त्यस्तै युवा अभियन्ता शुशिल कर्णले शहीद झाको जन्म धनुषा जिल्लामा भएको हो भन्ने कुरा विभिन्न प्रमाण रहेको अवस्थामा सिरहा उल्लेख गरिएकोले लोकसेवाको परीक्षा दिने विद्यार्थी के लेख्ने प्रश्न खडा भएको छ ।

उनले भने यस्ता तथ्यहीन र गलत जानकारी भूलचूकमा होइन मधेशी मधेशी बीच सत्तामा बसेकाहरुले केही लेखक मार्फत गलत कुरा उल्लेख गरी लडाउन जानी जानी गलती गराइएको हो । समाजिक संजालमा हामीले शुरुमै विरोध गरेका थियौं तर त्यसको बावजूद बजारमा विक्री वितरणका लागि पठाइएको छ ।

पत्रकार अवधेश कामतले सरकारले बदनियतपुर्ण तरिकाले मधेशी मधेशीबीच एक आपसमा लडाउन यस्तो प्रपंच गरेको आरोप लगाउंदै इतिहासलाई बंग्याउन खोजेका गलत लेख्ने सो किताबका लेखकमाथि कारवाही हुनुपर्ने मांग गरेका छन । उनले भने बजारमा विक्रीका लागि वितरण भइसकेका यस्ता इतिहास बग्याउने गरी गलत तथ्य सहितको किताब सरकारले तुरन्त संकलन गरी सच्चाउन लगाउनु पर्छ, नत्र गलत सूचना मात्रै होइन यस विरुद्ध तराई मधेशमा अलग्गै रुप लिन सक्ने अवस्था आउन सक्नेछ ।

तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले खस मानसिकता बोकेका अनुभवहीन लेखकहरुबाट शहीद दुर्गानन्द झा बारे इतिहास बग्याउने गरी तथ्यहीन कुरा लेखिएको छ । भावी पुस्तालाई इतिहास बारे गलत जानकारी दिने लेखकलाई कडाभन्दा कडा कारवाही हुुनुपर्छ भने ।

हुनत किताब प्रकाशन लगतै बजारमा आउनु अघि नै यस्तो गलत तथ्य बारे समाजिक संजालमा निकै विरोध भएको थियो । तर सम्बन्धित निकायले यसप्रति कुनै चासो नदिंदा हाल यो किताब बजारमा खुल्ला रुपमै विक्री वितरण भइरहेको छ ।

यस्तो हो दुर्गानन्द झाको इतिहास

नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गानन्द झाकोे जन्म वि.सं. १९९९ साल वैशाख १४ गते धनुषाको दक्षिणी गाउँ जटहीमा आमा सुकुमारी देवी झाको गर्भबाट भएको थियो । बाबु देवनारायण झा उनी सानो छँदै बितेपछि आमा सुकुमारीले उनको पालनपोषण गरेका थिए ।

नेपालको जटही गाउँमा प्राथमिक शिक्षा पाएपछि अगाडिको पढाइ त्यहाँ नहुने भएकोले उनी माध्यमिक तहको अध्ययन भारत बिहारको उमगाउँ स्थित दिनदयाल हाईस्कुलबाट गरेका थिए । घरको एक्लो सन्तान भएकाले मेट्रिक पढ्दापढ्दै २०१७ सालमा १४ वर्षीया काशीदेवी झासित उनको विवाह भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि १८ वर्षको उमेरमा उनी जनकपुर भ्रमणमा आएका तात्कालिन राजा महेन्द्र शाहमाथि जानकी मन्दिरमा सेना र गुप्तचरका आँखा छल्दै बम प्रहार गरेका थिए । सो प्रहारबाट राजा महेन्द्रलाई केही भएन । तर उनी मोस्टवाण्टेडको सूचीमा परे ।

घटना पश्चात दुर्गानन्द झा भागेर भारतमा रहेको सशस्त्र क्याम्पमा पुगे । दुर्गानन्द झा फरार भएपनि उनका परिवार, आफन्त, इष्टमित्र, छरछिमेक, काङ्ग्रेस नेता लगायत ५६ जनालाई पक्राउ गरी ठूलो यातना दिइयो । दुर्गानन्द आफन्त, इष्टमित्रले पाएको यातनाबाट दुःखी भएर तत्कालीन सरकारलाई चिट्ठी लेख्दै गिरफ्तारी दिएका थिए ।

सो मुद्दाको छानविन गर्नका लागि पहिलो पटक एक विशेष अदालतको गठन गरिएको थियो । २०१९ भदौ १९ मा उनलाई कुनै सुनुवाईको मौका नै नदिई मृत्युदण्डको सजाय तोकिएको थियो । उनलाई २१ वर्षको उमेरमा २०२० साल माघ १५ गते मध्यराती केन्द्रीय कारागारमा पञ्चायत सरकारले मृत्युदण्ड दिएको थियो ।

मृत्युपछि उनको शव परिवारलाई नदिई राजा महेन्द्रले सेनालाई व्यवस्थापनका लागि दिएको कुरा नेपाली भन्छन । मृत्युदण्डपछि उनको शव परिवारजनलाई नदिइएपछि भारतको गयामा गई कुश शव बनाएर अन्तिम संस्कार गरिएको थियो ।

उनका अनुसार मृत्युदण्डको अघिल्लो दिन २०२० साल माघ १४ गते उनले आमा र श्रीमतीलाई केही बेर भेटेर सान्त्वना दिए । दुर्गानन्दलाई विभिन्न शारिरीक र मानसिक यातना दिएर माफी मागी बिन्तीपत्र लेख्न भन्दा पनि उनले टाउको निहरियाउनु भन्दा फाँसीलाई नै शिरोधार्य गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ मंसिर २६, शुक्रबार १७:४७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ मंसिर २६, शुक्रबार १७:४७
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ मंसिर २६, शुक्रबार १७:४७
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ मंसिर २६, शुक्रबार १७:४७
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ मंसिर २६, शुक्रबार १७:४७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ मंसिर २६, शुक्रबार १७:४७

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव