Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेकपाको एकता विवाद : माओवादी कार्यकर्ताले गुमाए ज्यान


नेकपाको एकता विवाद : माओवादी कार्यकर्ताले गुमाए ज्यान

जनकपुरधाम, कात्तिक ७ गते । तात्कालिन एमाले र माओवादी एकताको दुई वर्ष बितेपनि समायोजनको गुटबन्दी विवाद कायमै रहेको छ ।

केन्द्रिय तहमा समायोजन भएपनि प्रदेश, जिल्ला र नगर÷गाउँस्तरमा विवाद हालसम्म समाधान हुन नसक्दा प्रदेश २ को पर्सा जिल्लामा गाउँस्तरीय तात्कालिन माओवादी कार्यकर्ता हालको नेकपा गाउँ कमिटी सचिव मुकेश चौरसियालाई ज्यान गुमाउनु परेको छ ।

नेकपाको ओली र प्रचण्ड गुटबीच बिहीवार पदीय भागबण्डाको विवादले विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्यालाई पार्टी तहले असन्तुष्ट पक्षबाट हमला भएको भन्दै दोषीलाई कारवाहीको मांग गरेको छ ।

चौरसियाको हत्या घटनाले पर्सामा नेकपा भित्रका तात्कालिन एमाले र माओवादीबीच आन्तरिक विवाद चुलिएको छ । पछिल्लो घटनाले माओवादी नेता कार्यकर्ताबीच एकताप्रति ठूलै आघात पुगेको देखिएको छ ।

घटनालाई माओवादी समूहले कार्यक्रममा आमन्त्रण नगर्दा आक्रमण गरिएको दाबी गर्छन भने एमाले समूहले पार्टीका असन्तुष्ट पक्षबाट आक्रमण गरिएको भन्छन । तर वास्तवमा भन्ने हो विवाद न त आमन्त्रणको छ त असन्तुष्ट पक्षकै, विवाद पार्टी कमिटीमा आफ्नो कार्यकर्तालाई समेटनु पर्नेको हो ।

करीब एक वर्षअघि नै एमाले पक्षले अध्यक्ष र माओवादी पक्षले सचिव सहितका पदमा समायोजित कमिटीको शपथ ग्रहण कार्यक्रममा कमिटीमा पद पाउन नसकेका असन्तुष्ट पक्षले गरेको आक्रमणमा परी चौरसियालाई ज्यान गुमाउनु परेको हो ।

सो झडपमा चौरसिया लगायत ८ जना घाइते भएका थिए । उनीहरुको उपचार वीरगञ्ज स्थित नारायण अंचल अस्पतालमा भइरहेको थियो । घाइते मध्ये गम्भीर अवस्थाका मुकेश चौरसियालाई सर्वोत्तम अस्पतालमा पठाइयो भने उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा पठाइयो । चौरसियाको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखि उपचार भइरहेको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।

घटना यसरी घटयो

करीब एकवर्ष पहिला नै चयन भइसकेको गाउँपालिका कमिटीको पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।

विन्दवासिनी ५ प्रसौनीमा आयोजित सो कार्यक्रममा कमिटी अध्यक्ष विक्रम चौरसिया र सचिव मुकेश चौरसियाबीच २५ सदस्यीय कमिटीमा आफ्ना पक्षका कार्यकर्तालाई समेत समावेश गर्न विषयलाई लिएर पहिलादेखि नै विवाद थियो । पार्टीको माथिल्लो दबावपछि दुवै पक्षको सहमतिमा प्रसौनीको भाटामा कार्यक्रम आयोजना गरियो ।

कार्यक्रम भइरहेको क्रममा ओली समूह भनिएका अध्यक्ष चौरसिया पक्षका व्यक्तिहरुले समायोजनमा पर्न नसकेका आफ्नो मान्छेलाई पनि राख्नुपर्ने भनी विवाद उत्पन्न गरियो, कार्यक्रम स्थलमै हुलदंगा गर्न मचायो ।

कार्यक्रमका लागि झ्ण्डयाइएको ब्यानर समेत च्याते दिए । विवाद बढदै जाँदा सचिव चौरसिया पक्षका व्यक्तिहरु रोक्न जान खोज्दा पहिलादेखि नै लठी र भाटा लिएर पुगेका अध्यक्ष पक्षका व्यक्तिहरुले एक्कासी लाठी प्रहार गर्न थालेको र दुर्भाग्यवश ठूलो घटना हुन गएको नाम उल्लेख नगर्ने शर्तमा कार्यक्रममा उपस्थित एक कार्यकर्ताले भनाई छ ।

नेताहरुको आ आफ्नै दाबी

वीरगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रहवर अन्सारीले इकाजसँग कुरा गर्दै भने झगडा गर्ने मनसायले कार्यक्रममा पुगेका ओली गुटका केही कार्यकर्ताहरु हुलदंगा मचाउंदै लाठी प्रहार गरी घटना घटाएको हो ।

उनले भने ‘सपथग्रहण कार्यक्रममा सहभागीका लागि दुवै पक्षलाई जानकारी थियो तर समायोजनमा के कुरामा चित्त बुझेन अनि आएर सिधै मारपिट नै गर्न थाले,’ उनको आरोप छ ।

तर पूर्व सांसद राजकुमार गुप्ताले अर्कै कुरा बताउँछन उनले भने कार्यक्रममा पूर्वमाओवादी पक्षले तत्कालिन एमालेका नेताहरुलाई नबोलाएको कारण यस्तो अवस्था सृजना भएको दाबी गरेका छ । उनले भने एमाले पक्षका केही व्यक्तिले समायोजन प्रक्रिया नहुँदै आफूहरुको बिना जानकारी मनपरी रुपमा कार्यक्रम गर्न खोजेको भन्दै आक्रमण गरेको हो ।

यसैबीच जिल्ला अध्यक्ष प्रभु हजराले एक विज्ञप्ति जारी गरी ‘यो कुनै गुटबीचको झडप थिएन, पार्टीभित्र असन्तुष्ट व्यक्तिहरुले यस्तो गरेका छन् । समायोजनामा पद बाँडफाँड हुँदा जसले पद पाएन उनीहरुले आफ्नो असन्तुष्टि व्यक्त गर्दा झडप भएको भन्दै घटनालाई दुर्भाग्यको रुप दिएका छन ।

पार्टीसँग असम्बन्धित व्यक्तिहरु कार्यक्रम विथोल्ने उद्देश्यले पार्टी कार्यकर्ता तथा कार्यक्रम आयोजक सदस्यहरुमाथि अचानक आक्रमण गरेको भन्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न , मृतक चौरसियालाई सहिद घोषणा, घाइतेको उपचार लगायतका माग विज्ञप्ति मार्फत गरिएको छ ।

पार्टी अध्यक्ष प्रभु हजराले इकाजग सँग भने घटनालाई गलत र दुखदायी भनेका छन । उनले भने ‘दुई विशाल पार्टी मिलेर भएको एकतामा केही नयाँ मान्छे पनि आएका छन् । ती नयाँ मान्छे मध्येका केही व्यक्तिले समायोजनबाट असन्तुष्ट रहेका छन । असन्तुष्ट मध्येका व्यक्तिबाट नै पार्टीलाई बदनाम गर्न यस्तो घटना घटाइएको हो ।

प्रहरीले घटना संलग्न रहेको आशंका ८ जनालाई पक्राउ गरेका मध्ये नेकपाका नेता राजुकुमार गुप्ता सहित ५ जनालाई बिहिबार राती नै रिहा गरिदिएको छ भने देवा सहनी, सुकवीन गद्दी र अनिश मियालाई प्रहरी हिरासतमा राखि अनुसन्धान जारी रहेको डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ कार्तिक २४, सोमबार ०९:३५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ कार्तिक २४, सोमबार ०९:३५
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ कार्तिक २४, सोमबार ०९:३५
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ कार्तिक २४, सोमबार ०९:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ कार्तिक २४, सोमबार ०९:३५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ कार्तिक २४, सोमबार ०९:३५

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव