जनकपुरधाम, कात्तिक ४ गते । कोरोना महामारीको समयमा पनि नगरवासीको स्वास्थ्यप्रति जिम्मेवारी जनकपुरधाम उपमहानगरपालिकाले बोध गर्न नसकेपछि एक वडाध्यक्ष अघि बढेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडाका विपन्न, बालबालिका, गर्भवती महिला एवं ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

विजयादशमीको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष साहले कोरोना महामारीको बेला वडावासीको स्वास्थ्यको ख्याल गर्दै आफु पदमा रहुञ्जेल विपन्न परिवार, गर्भवती महिला, बालबालिका तथा जेष्ठ नागरिकको आजकै मितिदेखि निशुल्क उपचार गराउने घोषणा गरे ।
वडाध्यक्ष साहको सिफारिसमा बालबालिकाको लागि जनकपुर बाल अस्पताल र शिखा बाल क्लिनीकमा सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ भने गर्भवती महिलाको अल्ट्रासाण्ड डा.शम्भू साहद्वारा सञ्चालित स्वस्तिक अल्ट्रासाण्ड र प्याथलोजी जाँच एडभान्स प्याथलोजीमा निशुल्क गरिनेछ ।
गर्भवती महिलाको उपचार डा. जियाउल हक, ज्येष्ठ नागरिकलाई डा. श्रीराम शर्मा र बालबालिकालाई डा.मोहम्मद जाफर राईनले निशुल्क उपचार सेवा प्रदान गर्ने वडाध्यक्ष साहले जानकारी दिए ।
त्यस्तै, नगर सरसफाइतर्फ कुनैपनि संघ संस्था अथवा सरसफाइ अभियानीले फोहोर व्यवस्थापनका लागि आफुसँग गाडी सहयोग माँगेमा छठ पर्वसम्म व्यक्तिगत तर्फबाट निःशुल्क उपलब्ध गराउने वडाध्यक्ष साहले जनाए ।
वडाध्यक्ष साहले यसअघि आफ्नो व्यक्तिगत खर्चमा वडावासीको लागि अन्य कामहरु गरिसकेका छन । वर्षौदेखि अन्ध्यारोमा रहेका मुसहर वस्तीमा आफ्नै प्रयासले पछिल्लो पटक जडान गराएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !