जनकपुरधाम, कात्तिक ३ गते । प्रदेश सभा २ को चौथो अधिवेशन मंगलवारदेखि अन्त्य हुन लागेको छ ।
सोमवार प्रदेश सभा सचिवालयले एक सूचना जारी आइतवार मन्त्रिपरिषदको भएको निर्णय अनुसार मंगलवार राति १२ बजेदेखि चौथो अधिवेशन अन्त्य हुने जनाएको छ ।

मन्त्रिपरिषदको निर्णय बमोजिम प्रदेश प्रमुख तिलक परिवारबाट नेपालको संविधान धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन मंगलवार राति १२ बजेदेखि चालु अन्त्य हुने घोषणा भएको जारी सूचनामा उल्लेख छ ।
तेश्रो अधिवेशनको अन्त्य भई २०७७ जेठ २१ गतेदेखि चौथो अधिवेशन शुरु भएको थियो । चौथो शुरु भएकै दिन आर्थिक विनियोजन विधेयक छलफलका लागि सभामा प्रस्तुत गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !