राजविराज, कात्तिक २ गते । सप्तरी प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाबाट तिलाठी कोइलाडी गाउँपालिका घर भएका वर्ष १९ का निरज शर्मा र सोही ठाउँका २७ वर्षिय भरत शर्मालाई शनिवार ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका दुवैजनालाई ब्राउन सुगर बरामद गरिएका सामाग्री सहित आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका छन ।
पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले महदेवाबाट महुलीतर्फ स ७ प १८६५ नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लिएर गइरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा १० ग्रामको ५ वटा पोका सहित तिनीहरुलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका साथबाट प्रहरीले ब्राउन सुगर सहित २ थान मोबाइल, नगद ६ हजार ९ सय र प्रयोग भएका मोटरसाइकल समेत बरामद गरेका छन ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखि ई.प्र.का कञ्चनपुर सप्तरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !