जनकपुरधाम, कात्तिक १ गते । वडा दशैं, दिपावली र छठ पर्व जस्ता चाडपर्वलाई लक्षित गरी महोत्तरी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।
दशैँ देखि छठ पर्वसम्मको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले विशेष सूरक्षा योजना अन्तर्गत चाडपर्वलाई लक्षित गर्दै महोत्तरी प्रहरीले ५ सय भन्दा बढी प्रहरी खटाएको छ ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुलाई न्युनिकरण तथा रोकथाम गर्ने उदेश्यले बडा दशैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वहरुलाई लक्षित गर्दै आजदेखि नै छठ पर्व समापन नहुन्जेलसम्मको लागि विशेष सुरक्षा योजना तयार गरी लागू गरीएको महोत्तरीका प्रहरी प्रमुख टिका बहादुर केसीले जानकारी दिएका छन ।
उनका अनुसार संभावित घटनाहरुलाई न्युनिकरण तथा रोकथाम गर्न जिल्लाभर पिकेट, गाडी मोबाईल, मोटरसाईकल गस्ती, क्विक रिस्पोन्स टिम, पैदल गस्ती, राजमार्ग गस्ती, घुम्ती चेकजाँच, आकस्मिक चेकजाँच, धार्मीक स्थल, मुख्य बजार तथा आर्थिक कारोबार बढी हुने बैंक, वित्तिय संस्थाहरु रहेका स्थान, यात्रु सहायता कक्ष लगायत भैपरी आउने अन्य सुरक्षा चुनौतीहरु लाई परास्त गर्ने गरी विशेष सुरक्षा योजना लागु गरीएको हो ।
चाडपर्वको समय कनैपनि घटना, दुर्घटना घटेमा छिटो घटनास्थल पुगी प्रहरी सेवा उपलब्ध गराउनको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय गौशालाबाट जिल्लाभर परिचालित हुने गरी कुल ५७ वटा क्विक रिस्पोन्स टिम र मोटरसाईकल गस्ती टोली परिचालन गरीएको जिप्रका महोत्तरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !