जनकपुरधाम, असोज २८ गते । ईन्जिनीयर कृष्णप्रसाद पण्डितको अध्यक्षतामा नेपाल तराई ईन्जिनियर्स समाज धनुषाको नयाँ कार्यसमिति चयन भएको छ ।
जनकपुरधाममा इन्जिनीयरहरुको सम्पन्न एक भेलाबाट पण्डितको अध्यक्षतामा १ सय १ सदस्यीय कार्यसमिति चयन गरिएको कुरा समाज प्रदेश २ का अध्यक्ष वरिष्ठ इन्जिनियर भगवान झाले जानकारी दिएका छन ।
समाजका प्रदेश अध्यक्ष झाको अध्यक्षता र केन्द्रिय महासचिव दीपेन्द्र साहको विशेष उपस्थिति सम्पन्नबाट अध्यक्ष सहित सचिवमा सोनु साहलाई सर्वसम्मतिले चयन गर्नुका साथै नयाँ कार्यसमितिको अन्य सदस्य चयन गरिएको बताइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !