जनकपुरधाम, असोज २२ गते । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मात्रै देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । त्यस्तै आज देशभरमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १८ हजार ४७३ पीसीआर परीक्षण भएसँगै ११ लाख ३१ हजार ९५८ अहिलेसम्म भएको परीक्षणका गरिएको छ भने बिहीवार थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ ।
यस्तै सुनसरीमा ३९, धनुषामा ७०, काठमाडौंमा ५८, ९१ र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !