Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकार परिवर्तन गर्न सत्तारुढ दलकै सांसदहरुको मांग


प्रदेश २ सरकार परिवर्तन गर्न सत्तारुढ दलकै सांसदहरुको मांग

सुभाष कर्ण/जनकपुरधाम, असोज २० गते । प्रदेश २ सरकार परिवर्तनमा भारतको चासो मात्रै नभई सत्तारुढ दलका सांसदहरुले जोडतोडका साथ मांग अघि बढाउन थालेका छन ।

प्रतिपक्षी दलभन्दा सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालकै सांसदहरुले प्रदेश सरकार जनताको आवश्यकता अनुसार अढाई वर्षको अवधिमा काम गर्न नसकेको भन्दै मन्त्रिपरिषद विघटन गरी नयाँ मन्त्रिपरिषद गठन गर्न मांग जोडतोडका साथ गर्न थालेका छन ।

उनीहरुले मधेश आन्दोलनको जगमा गठन भएको प्रदेश सरकार मधेशी शहीद र जनताको आवश्यकतालाई बेवास्ता गर्नुका साथै जुन रुपमा काम गर्नुपर्नेमा हो त्यो रुपमा नगरी आ आफ्ना निर्वाचन क्षेत्र बचाउन मात्र अहिलेसम्म विकास निर्माणको कार्य गर्दै आएको आरोप लगाएका छन ।

नियमतः पार्टी एकीकरणपछि संसदीय दलको निर्वाचन १५ दिनभित्र सम्पन्न गरी नयाँ सरकार गठन गर्नुपर्ने थियो । तर केन्द्रिय तहमै समोजन प्रक्रिया सम्पन्न हुन नसकेको आडमा बाँडफाँडमा कुरा मिल्न नसक्दा पार्टी नेतृत्व तहले पुरानै संसदीय दललाई थग्दै आएको छन । तात्कालिन राष्ट्रिय जनता दल र समाजवादी पार्टी एकीकरण भई जसपा गठनको ६ महिना बित्न लाग्दा पनि संसदीय दलको निर्वाचन गर्न सकेको छैन ।

सरकार परिवर्तन गर्न जसपाका अधिकांश प्रदेश सांसदहरुले जोडतोडका आवाज उठाउंदै आ आफ्नो लबीमा जुटेका छन । लोकपुकार सँगको कुराकानीनमा जसपाका उपेन्द्र महतो, परमेश्वर साह, विक्की यादव, मनिष सुमन, कौशल यादव र अशोक यादव सरकार परिवर्तनमा जोड दिएका हुन । हुनत पार्टी भित्र समेत केही सांसदहरुले सरकार परिवर्तन गर्नुपर्ने मांग गर्दै ज्ञापन पत्र समेत बुझाइसकेका छन ।

लोकपुकारसँग कुरा गर्दै प्रदेश सांसद विदेश्वर यादव (विक्की) ले कानून निर्माणतर्फ प्रदेश सरकार केही हदसम्म सफलता पाएपनि विकास निर्माणतर्फ गरेको काम कारवाही स्वरुप हेर्दा तात्कालिन जिल्ला विकास समितिको संज्ञा दिएका छन ।

उनले भने टोल गाउँमा माटो पुर्ने र पिसिसी ढलान लगायतका स्थानीय तहका वडा अध्यक्षले गर्नुपर्ने काम वर्तमान प्रदेश सरकारका मन्त्रीहरुले गरिरहेका छन । संघीयता कार्यान्वयनको मूल जडो प्रदेश २ सरकारलाई एउटा मोडलको रुपमा प्रस्तुत हुनु पथ्र्यो जसबाट अन्य प्रदेशले पनि सिख लिन सकिन्थ्यो तर संघीयता र मधेश आन्दोलनको मर्म विपरित प्रदेश सरकारले अहिलेसम्म कार्य गर्दै आएको देखिएको उनले बताए ।

सांसद यादवले बेरोजगारी समस्या समाधान र प्रादेशिक योजना कार्यान्वयन गर्नुको सट्टा प्रदेशका मन्त्रीहरुले मन्दिर र अस्पतालको पर्खाल निर्माण तथा टोल टोलमा माटो पुर्ने लगायतका साना योजनाहरुमा अल्झिएको कारण कर्मचारी आभाव देखाएर जनताको आवश्यकता अनुरुप गर्न नसकेको तत्काल सरकार परिवर्तन गरी अनुभवी, योग्य र भिजन भएकाहरुको नेतृत्वको जिम्मा दिनुपर्ने मांग गरे ।

त्यस्तै सांसद मनिष सुमनले पनि पनि सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउंदै वर्तमान सरकारलाई परिवर्तन गरी पार्टी भित्र रहेका योग्य तथा अनुभवी व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने मांग गरे ।

उनले भने केन्द्र सरकारले असहयोग गरिरहेको छ कुरा त्यो सत्य तर प्रदेश सरकारले आफूबाट हुन सक्ने काम पनि नगरी भ्रष्टाचारमा चर्लुम डुबेका छन । तात्कालिन जिल्ला विकास समिति झैं माटो पुर्ने, विद्यालय र अस्पतालको पर्खाल बाहेक आम जनताको रोजगार तथा समस्या सँग जोडिएका कुनै गौरवशाली प्रादेशिक ल्याउनु न सक्नु नै सरकारको असफलता हो ।

सांसद सुमनले जनताले गरेको अपेक्षाको विपरित काम गरिरहेका छन । मधेशी जनताले आफ्नो सरकार बनेपछि विकास निर्माण हुन्छ, शहीदको सम्मान हुनेछ, प्रदेशमा सुशासन कायम हुने, काम निष्पक्ष हुनेछ अपेक्षा गरेका थिए, तर यस्ता केही काम नगरी आफ्ना प्रचार प्रसार, भड्किला वक्तव्यबाजी बाहेक केही गर्न नसकी भ्रष्टाचार लिप्त रहेको आरोप लगाए ।

त्यस्तै सांसद अशोक यादवले गत अढाई वर्षका अवधिमा जनताको अपेक्षा अनुसार प्रदेश सरकारले सन्तुष्टिजनक काम गर्न सकेको छैन । मधेशी जनताले जुन आशा र अपेक्षाले मधेशी दल जिताएर सरकार बनाउन अवसर दिए त्यो हिसाबले प्रदेश सरकार संघीयता बचाउन कुनै काम गर्न नसकेको कारण वर्तमान सरकारलाई परिवर्तन गरी काम गर्न सक्ने नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने पर्ने भने ।

उनले भने मधेशी जनताको पीडा, बेरोजगारी समस्या समाधान गर्न सक्ने, किसानका राहतको लागि कुनै योजना सहितको कुनैपनि प्रदेशको लागि गौरवशाली योजना ल्याउन नसकेकोले सरकार परिवर्तन बाहेक अर्को विकल्पन रहेको छैन ।

लोकपुकार सँग कुरा गर्दै सांसद परमेश्वर साहले संघीय सरकारको असहयोग, कर्मचारी र अनुभव आभावका बीच जेनतेन प्रदेश सरकारले आफ्नो कार्य गर्दै आएका छन । तर यी समस्याका बावजूत गर्न सक्ने काम पनि गर्न नसकेको कारण जनतामा रहेको असन्तुष्टि र निराशा चिर्न अनुभवी तथा योग्य व्यक्ति सहितको सरकार गठन गर्न मांग गरे ।

उनले भने सम्पूर्ण सरकार असफल नरहेपनि केही मन्त्रीहरुको गलत गतिविधिका कारण प्रदेश सरकारमाथि प्रश्नचिन्ह खडा भई बदनाम हुन अवस्था उत्पन्न भएको छ । यस कुरालाई पार्टी नेतृत्व तहले पनि मूल्यांकन गरिरहेका छन, आशा छ चाँडै वर्तमान सरकारलाई विघटन र काम गर्न सक्ने क्षमतावान र योग्य व्यक्तिको नेतृत्वमा नयाँ सरकार हुनेछ ।

त्यस्तै सांसद कौशल यादव र उपेन्द्र महतोले पनि सरकारको कारवाहीप्रति असन्तुष्टि जनाउंदै जनता अपेक्षा अनुसार काम गर्न नसकेकोले नयाँ सरकार गठन गर्नुपर्ने मांग गरे । उनीहरुले संवैधानिक व्यवस्था अनुसार तत्काल संसदीय दलको निर्वाचन गरी भिजन भएका योग्य तथा अनुभवी व्यक्तिको नयाँ नेतृत्वलाई सरकारको जिम्मा दिनुपर्नेमा जोड दिए ।

हुनत भारतीय पक्षका आरएसएसले पनि प्रदेश २ सरकार परिवर्तनमा आफ्नो चासो देखाउंदै अध्ययन थालिसकेको छ । पार्टी भित्र समेत केही दिनअघि सरकार परिवर्तनका लागि जोडतोडका साथ प्रक्रिया अघि बढाइएको थियो । तर नवगठित पार्टीका तात्कालिन नेतृत्वकर्ताहरुबीच बाँडफाँडमा कुरा मिल्न नसक्दा सेलाइयो ।

प्रदेश सांसदहरुबाटै प्रादेशिक संसदीय दलको निर्वाचनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्ने दबाव पर्न थालेपछि पार्टीको केन्द्रिय तह पनि गम्भीर भएका छन । तर नयाँ सरकार गठनले पार्टी फुटन सक्ने सम्भावना पनि केन्द्रिय नेतृत्वकर्ताबीच चुलिएको हो । यसअघि फुटन लागेका पार्टीलाई नै बचाउन तात्कालिन समाजवादी पार्टी राजपासँग एकीकरण गरेका हुन ।

सरकार परिवर्तन कुरा आज मात्र होइन सरकार गठन भएको एक वर्षपछि तात्कालिन राजपाका सांसदबाट उठन थालेको थियो । जनकपुरमा सम्पन्न राजपाको केन्द्रिय बैठकबाट रामनरेश राय यादव र नवलकिशोर साहलाई हटाउनुपर्ने मांग समेत गरिएको थियो । केही दिनपछि मन्त्री फेर्ने कुरा राजपा नेतृत्वकर्ताहरुले गरेपनि कुरा सेलाइयो । तर पार्टी एकीकरणपछि संसदीय मर्यादा अनुरुप दलका नयाँ नेता चुनिएपछि सरकार परिवर्तन स्वभाविक नै हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७७ आश्विन २०, मंगलवार ००:१९
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७७ आश्विन २०, मंगलवार ००:१९
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७७ आश्विन २०, मंगलवार ००:१९
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७७ आश्विन २०, मंगलवार ००:१९
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७७ आश्विन २०, मंगलवार ००:१९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७७ आश्विन २०, मंगलवार ००:१९

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव