जनकपुरधाम, असोज १९ गते । धनुषामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बिच समायोजन गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को जिल्ला एकता समायोजन कार्यक्रमको सोमवार आयोजित भेलाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला सञ्चालनका लागि धनुषा जिल्ला अध्यक्षमा रामचन्द्र यादवलाई सर्वसम्मत चयन गरिएको जनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं उच्च कार्य सम्पादन समितिका सदस्य कृष्ण प्रताप मल्लको प्रमुख आतिथ्यमा आयोजित जिल्ला एकता समायोजन कार्यक्रममा जिल्ला कार्य समितिका अन्य पदाधिकारीहरु छलफल गरि थपिने सर्वसम्मत निर्णय गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालय कार्यव्यवस्था समितिको असोज ११ गते बसेको बैठकबाट पार्टीको जिल्ला तहको समायोजन असोज २१ गतेसम्ममा गर्ने निर्णय बमोजिम धनुषामा समेत पार्टी एकता समायोजन गरिएको राप्रपाका निवर्तमान सचिव कमलेश कुमार मण्डलले जानकारी दिए ।
पार्टीको झण्डोतोलन तथा चुनाव चिन्ह प्रचार अभियान केन्द्रियस्तर, ७७ वटै जिल्ला, ७५३ वटै स्थानीय तह र वडास्तरसम्म गर्ने निर्णय बमोजिम निकट भविष्यमै गरिने उनले बताए । दुबै पार्टी जिल्ला स्तरमा समेत समायोजन भएपछि नेता कार्यकर्ताहरु पनि उत्साहित देखिएको मण्डलले बताए ।
पार्टीको धनुषा जिल्ला एकता समायोजन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मनोज प्रताप मल्ल, केन्द्रिय सदस्य प्रेक्षा मल्ल, श्रवन कुमार झा, राम नरेश यादव, भुपु केन्द्रिय सदस्य नथुनि लाल दास लगायतकाहरुको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !