जनकपुरधाम, असोज १७ गते । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमद्वारा कोरोना संक्रमणको समयमा अन्य उपचार सेवाबाट वञ्चित रहेकाहरुलाई मध्यनजर गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर आज पाचौं हप्ता पनि जारी रह्यो ।
महामारीसँग जुद्धिरहेका सर्वसाधारण जनतालाई विभिन्न सहयोग तथा परामर्शका निम्ति प्रतिष्ठानले शनिवार धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ स्थित कोल्हुवा माविमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय भन्दा बढि बिरामीले निशुल्क स्वास्थ्य सेवा पाएका छन ।

स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुलाई उपचार गरिएको उनले बताए । बिरामीलाई चेकजाँच गर्नुका साथै औषधीहरु समेत निःशुल्क उपलब्ध गराइएको कुरा कोभिड–१९ क्विक रेस्पोन्स टिमका सदस्य दिपक ठाकुरले जानकारी दिएका छन । निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउनका लागि सोही स्थानमा ल्याब र औषधि समेत वितरणको व्यवस्था गरिएको कुरा टीमका राकेश विक्रम साहले जनाएको छ ।
सो शिविरमा विभिन्न विभागका चिकित्सकहरुडा.एस.के. सिंह, डा.अश्विनी झा, डा.अमित रन्जन मिश्र, डा.मनिषा भारद्धाज, डा. कुमार सम्भव, डा.सज्जन ठाकुर, डा.अजय यादव, डा.कृष्णा कुमार यादव, डा.बिपिन यादव, डा.अभिजित साह, डा.बिजय कुमार साह, डा.अमिय साह, डा.अमित यादव, डा.राहुल यादव, डा.अनिल चौधरी, डा.हेमन्त शर्मा, डा.कुशेश्वर यादव, डा.मेघा साह, डा.अनिल कुमार साह, डा.राजु साह, डा.रमेश कुमार यादव, डा.रासबिहारी यादव, डा.सुबेश यादव, डा.अनिल कुमार साह बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।

त्यस्तै पारामेडिक्सहरु घनश्याम झा राजु, सुमन ठाकुर,छोटुबाबु यादव, संतोष यादव, दिपक यादव, अजय कुमार यादव, सत्रुधन राय, रमेश सिंह, जिवछ साह तथा ल्याबका मुकेश सिंह, रुपेश नारायण महतो लगायतकाहरुले पनि बिरामीलाई उपचार सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा आयोजकको तर्फबाट नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका नेता रामसरोज यादव, स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमका ब्यवस्थापन समितिका सदस्यहरु मनोज साह, जिबनाथ चौधरी, निर्मल चौधरी, शम्भु साह लगायतकाहरुको सहभागिता रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !