जनकपुरधाम, असोज १२ गते । चिनिया उत्पादक मोबाइल कम्पनी रेडमी (एमआई) को अर्को उत्पादन टेलिभिजनको अधिकारिक शो रुम जनकपुरधाममा खोलिएको छ ।
अधिकृत विक्रेता जनकपुरधामको भानुचौक स्थित देवी इन्टरप्राइजेजल प्रा.ली. ले शो रुमको उद्घाटन संगै एमआईको स्मार्ट टिभी विक्रि वितरणको शुरु भएको छ । नेपालमै पहिलो पटक आज देखि सुरु भएको एमआई स्मार्ट टीभीको जनकपुरधामबाट विक्रेता देवी इन्टरप्राइजेज प्रा.ली.ले पनि विक्री वितरण शुरु गरेको संचालक रक्की साहले बताए ।

उनले अर्डर अनुसार कुनै पनि मोडलको स्मार्ट टिभी प्रा.ली.ले उपलब्ध गराउने जानकारी साहले दिए । साहले केक शो रुमको उद्घाटन गरेका हुन । हुनत देवी इन्टरप्राइजेज जनकपुरधामबाट एमआई मोबाइलको अधिकारिक विक्रेता समेत रहेका छन । मोबाइलकै शो रुममा टिभीको शो रुम समेत राखिएको छ ।
सो उद्घाटन समारोहमा जनकपुरधाम उद्योग बाणिज्य संघको महासचिव जितेन्द्र महासेठ, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साह, युवा नेता युवा कृष्णा सिंह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !