जनकपुरधाम, असोज ९ गते । धानको न्युनतम मुल्य निर्धारण गर्ने बारे संघ र प्रदेश २ सरकार बीच छलफल भएको छ ।
शुक्रवार संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न छलफलबाट धानको न्युनतम मुल्य निर्धारण गरी सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ ।
बैठकमा १० दिन भित्र विस्तृत प्रस्ताव तयार गरि संघीय मन्त्रालयमा प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पेश गर्ने निर्णय गरिएको हो ।
छलफलमा किसानले उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि विचार विमर्ष समेत भएको छ । धानको न्यूनतम मूल्य निर्धारण भएपछि प्रदेशका किसानहरुलाई राहत महसूस हुनुका साथै सरकारलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
सो छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !