सप्तरी, असोज ९ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृतसहित सातजना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रशासकीय अधिकृतले राजविराजस्थित अस्पतालमा कार्यरत आफ्नी श्रीमतीमा शनिबार संक्रमण देखिएपछि पीसीआर परीक्षण गराउंदा उनको पनि बिहिबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा ३४ वर्षीय प्रशासकीय अधिकृतसहित सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन ।
बिहीबार नै सीडीओका भान्सेको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो । यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २९ पुगेको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ । ८५१ जना व्यक्ति कोरोना मुक्त भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !