जनकपुरधाम, असोज ५ गते । कोरोना महामारीको विकट समयमा अन्य रोगका विरामीहरु स्वास्थ्य सेवाबाट वञ्चितहरुलाई निःशूल्क स्वास्थ्य शिविर मार्फत सेवा पुरयाई रहेका महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमलाई औषधि सहयोग गरिएको छ ।
गत ३ हप्तादेखि निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमलाई रौनियार युवा मञ्चका अध्यक्ष सुनिल कुमार साहले औषधिहरु सहयोग गरेको हो ।
अध्यक्ष साहले यस्तो विकटको समयमा टिमले सराहनिय काम गरिरहेको भन्दै सामान्य बिरामीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै साप्ताहिक रुपमा निशुल्क स्वास्थ्य सेवा पुरयाइ रहेकोमा थप बल पुर औषधि सहयोग गरिएको बताए ।
सो औषधि हस्तान्तरण कार्यक्रममा रौनियार सेवा समितिका अध्यक्ष अरुण गुप्ता, युवा मञ्च अध्यक्ष सुनिल कुमार साह, उपाध्यक्ष विनय साह, महासचिव रितेस गुप्ता, कोषाध्यक्ष संजय गुप्ताद्वारा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमका मनोज साह, शम्भु साह, राकेश बिक्रम साह, डा.बिजय साह, डा.राजु साह, सुमित मिश्र, बलराम साह लगायतको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !