जनकपुरधाम, असोज ७ गते । प्रदेश २ का एक मन्त्रीको कोरोना पोजिटव पुष्टि भएका छोरालाई आरामदायी गाडी नभेटिएपछि मन्त्रालयकै गाडीबाट काठमाडौ लगिएको खुलासा भएको छ ।
प्राप्त जानकारी अनुसार सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा एवं सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर समेत रहेका शैलेशकुमार साहलाई मन्त्रालयको गाडीबाट थप उपचारका लागि काठमाडौ लगिएको हो ।
मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै कोरोना पोजिटव आफ्ना छोरालाई मन्त्रालयको गाडीमा र बिरामीसँग जाने स्वास्थ्यकर्मी टिमलाई एम्बुलेन्समा चढाएर थप उपचारका लागि काठमाडौ पठाएको श्रोतले जनाएको छ ।
मंगलवार नै कोरोना पोजेटिव पुष्टि भएका मन्त्रीका छोरा शैलेसलाई ज्वरो र श्वाँस प्रश्वासमा समस्या देखिएपछि उपचार जनकपुरधाम स्थित प्रादेशिक कोभिड १९ विशेष अस्पतालमा उपचार भइरहेको थियो । तर मंगलवार उनलाई निमोनिया सहितका थप समस्या भएपछि भेन्टीलेटर आभावमा काठमाडौ रेफर गरिएको थियो ।
अस्पताल श्रोतका अनुसार आज बिहान १२ बजे नै रेफर गरिएदेखि भेन्टीलेटर सहितको एम्बुलेन्सको खोजी भइरहेको थियो । तर प्रदेश स्थित स्वास्थ्य व्यवस्थापनको दुरावास्थाले पाइएन । मन्त्री र उनका आफन्तहरुले वीरगंज सहित प्रदेशभरि भेन्टीलेटर सहितको एम्बुलेन्स खोजी गरियो, तर पाइएन ।
जनकपुरमा एम्बुलेन्स त पाइयो तर आरामदायी नभएको कारण मन्त्री छोरा ती एम्बुलेन्सबाट काठमाडौ जान मानेन् । अन्ततः बेलुका करीब ५ बजेतिर ६ घण्टाको मसकतपछि मन्त्री साहले मन्त्रालयकै गाडीबाट काठमाडौ पठाएको श्रोतले जनाएको छ । श्रोतका अनुसार मन्त्री साहले मन्त्रालयकै गाडीमा जान्छ भने एम्बुलेन्स किन चाहियो भनेर एम्बुलेन्स गर्न मानेन् ।
तर आफन्तका सुझावमा रात्रिको बाटोमा बेला अप्ठ्यारो र ट्राफिकले समस्या गर्न सक्ने भएको हुनाले गाडीलाई साइड ब्याकको रुपमा प्रयोग गर्न एक स्थानीय एम्बुलेन्सलाई भाडामा लिई पठाएको हो । केही एम्बुलेन्स चालकले त्यसको दुरुपयोग समेत गरेका छन । प्रत्यक्षदर्शीका अनुसार मन्त्रीका छोरा बसेको सेतो प्लेटको स्कार्पियो गाडी र एम्बुलेन्स सहित थप दुईवटा मन्त्रालयको गाडी संगै काठमाडौ गएको हो ।
किन गएनन् एम्बुलेन्समा
एक एम्बुलेन्स चालक अनुसार धनुषामा रहेका एम्बुलेन्स मध्ये कोरोना पोजेटिव बिरामी बोक्न दैनिक दुई वटा एम्बुलेन्स तोकिएको छ । मन्त्रालयका व्यक्ति र आफन्तहरुले एम्बुलेन्सहरुलाई काठमाडौ जान भने तर केहीले मानेन्, केहीले जान मानेका र कोरोना बिरामी बोक्ने पालो पाएका एम्बुलेन्स चालक तयार भएपनि मन्त्रीका छोराले आरामदायी नभएको भनेर बस्नै मानेन् ।
त्यसपछि विरगंज र विराटनगर लगायतका विभिन्न स्थानमा भेन्टीलेटर सहितको वा आरामदायी एम्बुलेन्सको ४/५ घण्टा खोजी गरियो, तर कतै पाइएन । अन्ततः बेलुकातरि मन्त्रालयबाट तीनवटा गाडी मंगाइयो । त्यस मध्ये सुत्न समेत सक्ने खालका सिट भएको स्कार्पियो गाडीमा एम्बुलेन्समा स्वास्थ्यकर्मी बसाएर लगेको ती चालकले बताए ।
कोरोना बिरामीप्रति मन्त्रीको धारणा
लोकपुकार सहितका संचार माध्यमहरुले भेन्टीलेटरको आभावमा कोरोना बिरामी मृत्यु दर बढेको समाचार प्रकाशन÷प्रसारण गरेपछि केही दिनअघि मन्त्री साहले भेन्टीलेटर किन चाहियो कोरोना बिरामीलाई आयुर्वेद औषधि प्रयोग गरे र स्वच्छतामा ध्यान पुरयाए कोरोनाबाट निको हुन सकिन्छ, भेन्टीलेटर त अहिले फेसन नै भइसकेको धारणा व्यक्त गरेका थिए ।
जनताको पीडा नबुझ्ने विभागीय मन्त्री समेत रहेका मन्त्री साहलाई आफ्नै छोरा संक्रमित भएपछि बिरामीको पीडा कस्तो हुन्छ बल्ल महसूस गर्दै पदीय आडमा मन्त्रालयकै गाडी समेत दुरुपयोग गर्न पुगेका हुन ।
यसअघि प्रदेशका एक दर्जनभन्दा बढी कोरोना बिरामी भेन्टीलेटर आभावमा प्रदेश स्थित अस्पतालमा ज्यान गुमाइसकेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !