Thursday, July 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

अन्ततः जनकपुरधाम आइ पुग्यो रेल, स्थानीय उत्साहित

भारतीय कम्पनीले रेल हस्तान्तरण गर्दै भने हामी प्राविधिक सहयोग गर्न तयार छौ


जनकपुरधाम, असोज २ गते । लामो प्रतिक्षा पश्चात जयनगर—जनकपुर—बर्दिबाससम्म चल्ने रेल जनकपुरधाम आइपुगेको छ ।

भारतीय कम्पनी कोकन रेलवे कर्पोरेशन लिमिटेडले शुक्रवार नेपाल रेल विभागलाई सो रेल हस्तान्तरण गरिएको हो । भारतको हाजीपुरमा किनिएर एक वर्षदेखि राखिएको दुई सेट रेल परिक्षणका लागि जनकपुर आएको बेला हस्तान्तरण गरिएको हो ।

भारतीय रेल कम्पनी कोकन रेलवे कर्पोरेशन लिमिटेडका प्रतिनिधि मैकेनिकल इन्जिनीयर दिपक त्रिपाठीले विभागका महाप्रबन्धक गुरु भट्टराईलाई सो रेल सहित सम्बन्धित सम्पूर्ण सामग्री हस्तान्तरण गरेका हुन ।

अत्याधुनिक भनिएको सो रेल १६ सय हर्स पावरको डेमु सेट रहेको छ । १ सय १० किलोमीटर प्रतिघण्टा गुड्ने क्षमता भएका ती रेलमा १३ सय यात्री बोक्न सक्नेछ । सो रेलमा ड्राइभिग पावर र ड्राइभिंग ट्रेलर गरी दुई वटा इन्जन, एक एसी र दुई जेनरल गरी ३ वटा बोगी रहेको बताइएको छ ।

८३ करोड ९३ लाख ६० हजारको लागतमा किनिएको दूबै सेट रेलको जनकपुरसम्म ल्याई ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल संचालनमा ल्याउने तयारी भई रहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

दूबै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन सो रेलको गरिएको हो । अगाडी पछाडी दूबै तर्फ इन्जिन लगाइएकोले ओहोर दोहोर गर्नका लागि इन्जिन फेर बदल गर्नुपर्ने झन्झट नरहने बताइएको छ ।

कोरोना संक्रमणको कारण अहिले रेल सर्वसाधारण यात्रुका लागि संचालनमा ल्याउनु घातक रहेको महाप्रबन्धक गुरु भट्टराईले बताए । यदि कोरोना संक्रमणले बाधा व्यवधान गरेन र रेलवे ट्रयाकमा रहेको सामान्य मरम्मत सम्भार चाँडै सम्पन्न भए डेढ महिना भित्रै सर्वसाधारण यात्रुका लागि समेत रेल्वे संचालनमा ल्याउने योजना रेल विभागको रहेको छ ।

हाल नेपालमा सो रेल चलाउन प्राविधिक नरहेको अवस्थामा भारतसंगै समन्वय गरेर संचालनमा ल्याउने तयारी रहेको रेल विभागले जनाएको छ ।

नेपालले मांग गरे अनुसार अन्तराष्ट्रिय स्तरको मापदण्डमा तयार पारिएको यो अत्याधुनिक रेल रहेको कुरा भारतीय रेलवे कम्पनी कोकन रेलवे कर्पोरेशन लिमिटेडका इन्जिनीयर दिपक त्रिपाठीले बताए । उनले भने रेलको वारेण्टी एक वर्षको रहेको छ, रेलवे संचालनका लागि नेपाल सरकारले हामीसँग समन्वय गरे दुवै देशको सहकार्यमा चालक उपलब्ध गराई संचालन गरिने छ ।

लामो प्रतिक्षा पश्चात जनकपुरधाम आएको अत्याधुनिक रेल हेर्न हजारौको संख्यामा मान्छेहरु रेलवे स्टेशन पुगेका थिए । रेल जनकपुर आएपछि स्थानीय निकै उत्साहित देखिएका छन ।
रेल संचालन नहुञ्जेलसम्म नेपालकै जयनगर स्थित स्टेशनमा सुरक्षा घेराबीच राखिनेछ ।

जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म रेल चलाउने सरकारको योजना रहेपनि हाल जयनगरदेखि जनकपुरधाम कुर्थासम्म मात्र संचालन हुनेछ । कुर्थादेखि बर्दिबाससम्म रेलवे ट्रयाक र प्लेटफार्मको निर्माण कार्य जारी रहेको छ ।

तत्काल ३५ किलोमिटर रेल मात्रै चल्ने

वि.सं. १९९४ सालमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लानका लागि रेल्वे लाइनको विस्तार गरेको थियो । त्यो समयमा कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।

पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेपछि २०५१ सालदेखि स्टीम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । पछि नेरोगेज रेललाइनलाई विस्तार गर्नका लागि २०६१ साल माघ महिनादेखि रेल सेवा बन्द गरिएको थियो ।

नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना मात्रै रहेको महानिर्देशक बलराम मिश्रले बताए । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक
Blast News

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

ताजा खबर

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव