जनकपुरधाम, असोज १ गते । प्रत्येक वर्ष झै यसवर्ष पनि धनुषामा बिहीवार नेपाली काँग्रेसले शहिद कामेश्वर कुशेश्वरको स्मृति दिवस मनाएको छ ।
नेपाली काँग्रेस शहिदनगर नगर कार्यसमितिले धनुषाको हठ्ठिपुर हरवाडामा शहिद कामेश्वर कुशेश्वरको ४८ औं स्मृति दिवस मनाएको हो ।
पञ्चायती शासन बिरुद्धको आन्दोलनमा कामेश्वर कुशेश्वरको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुको स्मरण गरी स्मृति सभा मनाइएको हो । पञ्चायती व्यवस्था उत्कर्षमा रहेको समयमा विद्यार्थी आन्दोलनलाई उर्जा प्रदान गर्ने दुई विद्यार्थी हठ्ठिपुर हरबाडाका कामेश्वर मण्डल र मुरिबाका कुशेश्वर यादवको २०२९ असोज १ गते प्रहरीको गोली लागी निधन भएको थियो ।
धनुषाको शहीदनगर नगरपालिकामा आयोजित स्मृतिसभामा शहीद्वयको योगदानको स्मरण गरिएको हो । विभिन्न आन्दोलन हुँदै नेपाल संघिय लोकतात्रिक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा ती शहीदहरुको योगदान अमूल्य रहेको स्मृतिसभामा उपस्थित वक्ताहरुले आ–आफ्नो धारणा राख्दै शहीदद्वयको शालिकमा माल्यार्पण गरेका थिए ।
बहुदलीय व्यवस्था जनताको लागि रहेको बुझरै उहाँहरुले आफ्नो बलिदानी दिएको चर्चा गर्दै उनीहरुले शहिद कामेश्वर–कुशेश्वरको योगदानलाई मुलुकले कहिले बिर्सन नहुने वक्ताहरुले जिकिर गरे ।
यसैबिच शहिद कामेश्वर कुशेश्वरको ४८ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले शहिदनगर नगरपालिका–६ मा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !