जनकपुरधाम, भदौ २३ गत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न निर्देशन दिएका छन ।
अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ मंगलवार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न बैठकमा मुख्यमन्त्री राउतले मेडिकल सुपरिटेन्डेन्टहरु यस्तो निर्देशन दिएका हुन ।
प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले अस्पतालको सुधारका प्रदेश सरकार स्थापनाकाल देखी नै प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको हुँदा त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारेका थिए ।
उनले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको उल्लेख गर्दै चालु आ.ब.मा पठाइएको रकमको सत प्रतिशत सदुपयोग गर्नुका साथै थप आवश्यक सुधारबारे सुझाव दिन आग्रह समेत गरेका थिए ।
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हर सम्भव प्रयास गरि रहेको उल्लेख गर्दैै उनले अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह समेत गरे ।
सो बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हर सम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।
संघीय सांसद एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अधिकतम प्रयोग गर्न सुझाव दिनु भयो । त्यसै गरि जनकपुर उपमहानगरका प्रमुख लाल किशोर साहले प्रादेशिक ल्याबको आफनै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, भारदह अस्पताल, लहान अस्पताल, सिरहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलंगवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका मेडिकल सुपरिटेन्डेन्टहरुले अस्पतालको वर्तमान अवस्था र अगामी दिनमा गर्नु पर्ने सुधारहरु बारे प्रस्तुती गरेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !