Wednesday, April 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गैरजिम्मेवार प्रदेश २ सरकार : मुख्यमन्त्रीभन्दा बढी मन्त्रीहरुको पारिश्रमिक


सुभाष कर्ण/जनकपुरधाम, भदौ २३ गते । हचुवा र लापरवाहीको भरमा प्रदेश २ सरकार संचालन हुंदै आएको भन्ने कुरा चालु आर्थिक वर्ष २०७७/०७८ का लागि गरिएको बजेट विनियोजनले प्रष्ट हुन्छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारका नेतृत्वकर्ता मुख्यमन्त्रीभन्दा बढी मन्त्री तथा राज्यमन्त्रीहरुका लागि पारिश्रमिक विनियोजित गरिएको कुरा बजेट कानून रातो किताबमा उल्लेख छ । यसले प्रष्ट हुन्छ कि प्रदेश सरकार कुनैपनि योजना तर्जुमा अध्ययन नै नगरी हचुवाको भरमा गर्दै आएका छन ।

विनियोजित बजेट पुस्तिका रातो किताब अध्ययन गर्दा मुख्यमन्त्रीभन्दा बढी तलब मन्त्री र राज्यमन्त्रीहरुका लागि छुटयाइएको कुरा प्रदेश सरकारमा बस्नेहरुका लागि लज्जास्पद र हस्यापद रहेको छ । सबभन्दा हस्यापद कुरा त यो हो कि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरुको तलबका लागि बजेट नै छुटयाइएको छैन ।

विनियोजित बजेटमा तलबका लागि छुटयाइएको रकम मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को मापदण्ड विपरित रहेको छ । सो ऐन अनुसार मुख्यमन्त्री देखि राज्यमन्त्रीसम्मका लागि वार्षिक ८९ लाख ५९ हजार ८० रुपैया वार्षिक पारिश्रमिक हुनुपर्नेमा कृषि मन्त्री बाहेक एक करोड ७६ लाख १४ हजार पारिश्रमिक छुटयाइएको छ ।

मापदण्डभन्दा सात गुणभन्दा बढी पारिश्रमिक

चालु आर्थिक वर्षमा मन्त्रीहरु मध्ये सबभन्दा बढी पारिश्रमिक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री र राज्य समेत गरी वार्षिक ९५ लाख ८५ हजार रुपैया छुटयाइएको छ जुन ऐनमा व्यवस्था गरिएको मापदण्ड भन्दा ७ गुणाभन्दा पनि बढी छ । ऐनमा गरिएको व्यवस्था अनुसार मन्त्री र राज्यमन्त्री समेत गरी १३ लाख ७१ हजार २ सय ४० रुपैया मात्र पाउने हो ।

आर्थिक मामिला तथा योजना मन्त्रीका लागि ८ लाख २० हजार, आन्तरिक मामिला तथा कानून मन्त्रीका लागि राज्य मन्त्री समेत गरी १७ लाख ४ हजार, भौतिक पुर्वाधार विकास मन्त्री र राज्य मन्त्री समेत गरी १५ लाख ८ हजार र सामाजिक विकास मन्त्रीका लागि ८ लाख ९ हजार रुपैया छुटयाइएको छ । तर मुख्यमन्त्रीका लागि ७ लाख ९३ हजार मात्र छुटयाइएको छ । बजेटमा गरिएका यी व्यवस्था हस्यापद र लज्जास्पद बोध गराउंछ ।

त्यस्तै राज्यमन्त्रीतर्फ आर्थिक मन्त्रालयका राज्यमन्त्रीका लागि ८ लाख २ हजार, सामाजिक विकास राज्य मन्त्रीका लागि ७ लाख ९१ हजार रुपैया पारिश्रमिक छुटयाइएको छ भने आर्थिक मन्त्रालयमा त सहायक मन्त्रीका लागि समेत ८ लाख २ हजार रुपैया छुटयाइएको छ । जबकि अहिलेसम्म सो मन्त्रालयमा कुनै सहायक मन्त्री छदै छैन ।

पारिश्रमिक बाहेक बैठक भत्ता, भ्रमण भत्ता, स्वकीय अधिकृत बाहेक कतिपय मन्त्रालयका मन्त्रीहरुका लागि महंगी भत्ता र पोशाक भत्ताका लागि समेत बजेट छुटयाइएको छ । जबकि ऐनमा महंगी र पोशाक भत्ता कुनैपनि मन्त्रीका लागि व्यवस्था गरिएको छैन । श्रोतका अनुसार आर्थिक मन्त्री विजय यादवले मन्त्रिपरिषदबाट निर्णय गराएर ऐन विपरित आर्थिक सल्लाहकार समेत राज्यमन्त्री सरहको सेवा सुविधामा राखेका छन ।

ऐन के छ व्यवस्था

ऐन अनुसार पारिश्रमिकमा एकरुपता नभई हचुवाको भरमा मनलाग्दी रुपमा बिना कुनै अध्ययनकै मापदण्ड विपरित पारिश्रमिकका रकम छुटयाइएको छ ।

ऐन अनुसार मुख्यमन्त्रीले वार्षिक ७ लाख, ३१ हजार ६ सय ४०, मन्त्रीहरु प्रति मन्त्री गरी ६ लाख ९३ हजार ३ सय ६० को दरले ६ जनाको ४१ लाख ६० हजार एक सय ६० र राज्यमन्त्रीतर्फ प्रति राज्यमन्त्री ६ लाख ७७ हजार ८ सय ८० को दरले ६ जनाको ४० लाख ६७ हजार २ सय ८० रुपैया पाउने हो ।

मुख्यमन्त्री, आर्थिक मामिला र सामाजिक विकास मन्त्रालयमा पद नै तोकिएको छ भने आन्तरिक मामिला, भौतिक पुर्वाधार र उद्योग पर्यटन मन्त्रालयमा पदाधिकारी पारिश्रमिक उल्लेख गरिएको छआर्थिक मामिला र सामाजिक विकास मन्त्रालयमा पद नै तोकिएको छ भने आन्तरिक मामिला, भौतिक पुर्वाधार र उद्योग पर्यटन मन्त्रालयमा पदाधिकारी पारिश्रमिक उल्लेख गरिएको छ ।

पारिश्रमिक छुटेको मन्त्री साहलाई थाहै छैन

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र राज्यमन्त्रीका लागि बजेटमा पारिश्रमिक नछुटयाइएको प्रसंगमा सम्बन्धित मन्त्री शैलेन्द्र साहले लोकपुकार संग आश्चर्य व्यक्त गर्दै भने खोइ कसरी बजेट बनाएछ आपूmलाई थाहा भएन रातो किताब अध्यनन गरेपछि भन्छौ ।

बजेट किताबमा तपाईको पारिश्रमिक नै नछुटयाएपछि कसरी पारिश्रमिक लिनुहुन्छ भन्ने जिज्ञासामा उनले के गर्ने अब छुटिए छ भने मन्त्रिपरिषदबाट निर्णय गराएर व्यवस्था गर्नुपर्नेछ । मन्त्री साहले आर्थिक मन्त्रालयबाट गल्ती भयो भने प्रदेश सभा सदस्यहरुले बिना हेरेर नै कसरी पारित गरी दियो आश्चर्यजनक कुरा हो ।

प्रदेश सरकार गैरजिम्मेवार : डा. लाभ

बजेट मन्त्रीहरुको पारिश्रमिक सम्बन्ध गरिएको व्यवस्था बारे अर्थविद् डा. सुरेन्द्र लाभले यसलाई त्रुटि होइन गैरजिम्मेवारपुर्ण पराकाष्टा हो ।

उनले भने बजेट एक व्यक्तिले मात्र होइन कर्मचारी देखि सचिव र मन्त्री देखि सांसदहरु समेतको पटक पटकको अध्ययनपछि तयार पारिन्छ तर जुन रुपमा पारिश्रमिक सहित अन्य खर्च बारे व्यवस्था गरिएको त्यसले के देखाउंछ भने नियम कानून मिचेर मनपर्दी गरिएको हो । यो प्रदेशका लागि जनताका लागि ठूलो क्षति र सरकारका लागि लज्जास्पद बाहेक अरु केही होइन ।

डा. लाभले थप्दै भने बजेट तयार पार्ने पनि एउटा नर्मस हो, जो निती तथा कार्यक्रममा, आवश्यकता, क्षमता, प्रदेश, संघीय कानून साझा कानून परिधि भित्र राखेर तयार पारिन्छ । तर जुन प्रकारले बजेट योजना बनाइएको छ त्यसले के देखाउंछ भने सरकारमा बस्ने र कानून बनाउनेहरु अनुभवविहिन र मुर्खहरुको जमात हो ।

रातो किताब भनेको विनियोजित बजेट पुस्तिका मात्र नभई प्रदेश सरकारका कार्यव्यवस्था संचालनका लागि एउटा आर्थिक कानून समेत हो । जो विभिन्न मन्त्रालय र सम्बन्धित तथा मातहतका कार्यालय संचालन एवं विकास निर्माणको वर्षभरि खर्चको समेटिएको एउटा आर्थिक दस्तावेज हुन्छ ।

यी कानून निर्माणका लागि आवश्यकता र क्षमताको आधारमा प्रदेश सरकारले स्वयं निर्माण गर्छन । अन्य कानून सरह विधेयकका रुपमा पहिला मन्त्रिपरिषदमा छलफल हुन्छ त्यसपछि संसदमा प्रस्तुत हुन्छ र त्यसमा प्रदेश सभा सदस्यहरुले अध्ययन गरी बहुमतको आधारमा पारित गर्छन । यतिको प्रक्रिया पुरा गरेपनि कुनैपनि निकाय र व्यक्तिले ध्यान नपुरयाउनु भनेको जनताबाट प्रतिनिधित्व गर्नेहरु गैरजिम्मेवार हुन ।

नोट : कृप्या यो न्यूज कपी पेष्ट गरी प्रकाशन नगर्न÷गराउन अनुरोध छ । प्रकाशन गर्न चाहने मिडियाकर्मीले इजाजत लिई साभार उल्लेख गर्नुपर्नेछ । यदि बिना इजाजत कपि पेष्ट गरेको पाइएमा कानून बमोजिम हामी अघि बढने छौं ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव