जनकपुरधाम, भदौ २२ गते । कोरोना संक्रमणले प्रदेश २ मा थप एकजनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय एक पुरुष रहेको छन ।
मधुमेह, निमोनिया र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषलाई गत ५ देखि ज्वरो आइरहेको कारण उपचारका लागि प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतवार राती करिब ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनको मृत्यु भएको हो ।
आइतबार दिउँसो प्रादेशिक अस्पताल भर्ना गरिएका उनको राती नै ज्यान गएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । यो सँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ८६ पुरुष गरि १ सय २ जनाको मृत्यु भईसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा ९, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !