जनकपुरधाम, भदौ २२ गते । धनुषाको बटेश्वर गाउँपालिकामा स्थानीय र प्रहरीबीच भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले सोमवार दुई महिला सहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिपुरका स्थानीय रधियादेवी सदा, रञ्जिता देवी राउत, निराजन राउत, अञ्जय सदा र फुलगेन सदा रहेका छन् । उनीहरुलाई घटनाको विषयमा अनुसन्धान र सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।
आइतवार राति बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित औरही खोलामा बगेर आएको सखुवाको काठ केही व्यक्तिले लैजान खोज्दा प्रहरीले रोकेपछि झडप भएको थियो ।
स्थानीय र प्रहरीबीच भनाभन भइरहेको क्रममा प्रहरीले लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर दीपक राय र प्रहरी जावन रामविश्वास पण्डित घाइते भएका थिए भने प्रहरीको लाठीचार्जबाट एक महिला सहित ३ जना स्थानीय समेत घाइते भएका छन् ।
बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिका हुँदै बग्ने औरही खोलामा स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए । सो काठ लग्ने क्रममा स्थानीय र प्रहरीबीच विवदा उत्पन्न भएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !