जनकपुरधाम, भदौ २० गते । नेपाल पत्रकार महासंघ प्रदेश २ ले यस प्रदेशका मिडिया हाउसहरुलाई कार्यरत्त सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन आग्रह गरेको छ ।
शनिवार महोत्तरीको बर्दिबासमा महासंघका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न बैठकमा सञ्चारकर्मीको पारिश्रमिक उपलब्ध आग्रह गर्दै कार्यरत सञ्चारगृहमा निष्काशन गरेको खण्डमा महासंघमा उजुरी दिन भनेका छन ।
महासंघले कार्यरत संचारकर्मीलाई निष्काशन गरिएको उजुरीको आधारमा पाइएमा त्यस्ता कामकारवाहीको लागि पहल गर्ने निर्णय समेत गरेको हो ।
बैठकले नयाँ सदस्यता तथा सदस्यता नविकरणको सम्बन्धमा छलफल गर्दै नयाँ सदस्यताको हकमा आवश्यक कागजात सहित तथा नविकरणको लागि समेत भदौ मसान्तसम्ममा जिल्ला शाखाहरुलाई प्रादेशिक समितिमा सिफारिस सहित पठाउन आग्रह समेत गरेको छ ।
प्रदेश २ सरकारले संसदीय अभ्यास र परम्परालाई समेत कुनै खयाल नगरी चोर बाटोबाट प्रदेश सञ्चार विधेयक २०७६ पारित गरि प्रमाणिकरण गरेको महासंघको ठहर गरेको छ । सो विधेयक प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने मुलतः सञ्चार र श्रमजीवि विरोधी रहेकोले असहमती जनाउंदै अवज्ञा गर्ने निर्णय गरिएको महासचिव किरण कर्णले जानकारी दिएका छन ।
साथै कोरोना संकटको यस महामारीका बेला प्रदेशका नागरिकको जिवन रक्षाका लागि गर्नुपर्ने र अग्रपंक्तिमा रहेर नागरिकको सूचनाको अधिकारलाई प्रचलनमा ल्याउन अहोरात्र खटेका पत्रकार तथा सञ्चारमाध्यम प्रति निर्वाह गर्नुपर्ने दायित्व समेत निर्वाह गर्न प्रदेश सरकार असफल भएको बैठकले ठहर गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !