जनकपुरधाम, भदौ १६ गते । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ४ जना कोरोना संक्रमणले मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा पर्साका २ जना, बाराका १ जना र सिरहाका १ जना पुरुष रहेको छ । यो सँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० हरपतगंजका ५३ वर्षीय एक पुरुष र पर्साकै अन्दाजी ६० वर्षीय घरवारविहीन एक पुरुषको मृत्यु भएको छ भने बाराको कोल्हवि नगरपालिकाका ६० वर्षीय एक पुरुष र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर–६ का ६५ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणले मृत्यु भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ७८ पुरुष गरि ९४ जनाको मृत्यु भईसकेको उनले बताए ।
प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !