विराटनगर, भदौ १५ गते । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समेत कोरोना संक्रमित भएको छ ।
सोमबार आएको पीसीआर रिपोर्टमा घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको सुरक्षा स्रोतले जानकारी दिएका छन । संक्रमण पुष्टि भएसंगै मन्त्री घिमिरे आफ्नै क्वाटरमा आइसोलेसनमा बसेका छन् ।
‘भोलि उनलाई अस्पताल लैजाने कि भन्ने तयारी भइरहेपनि उनी सोमवार अस्पताल जानुभएन, निवास गएन । श्रोतका अनुसार उनी निवासमै आइसोलेशनमा बस्नेछ ।
मंगलबार मन्त्री घिमिरेको सम्पर्कमा रहेका व्यक्तिको पनि स्वाव लिने तयारी समेत भएको छ । केही मन्त्रीदेखि प्रदेश सचिव, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी घिमिरेको सम्पर्कमा रहेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !