जनकपुरधाम, भदौ ११ गते । प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले भेन्टिलेटर त अहिले फेसन भइसकेको बताएका छन ।
कोरोना संक्रमितको उपचारका लागि विज्ञहरूले भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरणहरू खरिद गर्न सुझाव दिएकोमा बिहीवार सर्लाहीको हरिवनमा सरोकारवालाहरु सँग कोरोना नियन्त्रण सम्बन्धी छलफल कार्यक्रममा मन्त्री साहले सतर्कता अपनाउनुको सट्टा भेन्टीलेटरलाई अनावश्यक मुद्दा बनाएको भन्दै अहिले त फेसन भइसकेको बताए ।
भेन्टिलेटर लगायतका उपकरणले मात्रै कोरोनाबाट जोगिन सक्छ त्यस्तो होइन यसलाई अनावश्यक मुद्दा नबनाउन आग्रह गर्दै मन्त्री साहले कोरोना संक्रमण त त्यतिकै मुखमा मास्क लगाए, साबून पानीले हात धोएर र सामाजिक दूरी कायम गरेर पनि कोरोनाबाट बाच्न सकिने बताए ।
उनले भने कोरोनाबाट जोगिन ज्यादै ठूलो कुरा केही छैन्, सामाजिक दूरी कायम गर्नुस, मास्क प्रयोग गर्नुस, साबुनपानीले हात धुनुस, कोरोना आफै भाग्छ । ‘यस्ता सानो कुरा नगर्ने तर भेन्टिलेटरको कुरामात्र गर्ने । प्रदेश २ मा भेन्टिलेटर फेसन बनिसकेको छ । भेन्टिलेटर भएरमात्रै कोरोना संक्रमितलाई जोगाउन सकिदैन ।
उनका अनुसार ९५ प्रतिशत संक्रमितलाई भेन्टिलेटर चाँहिदैन्, ७५ प्रतिशत आफैं निको हुन्छन्, २० प्रतिशतलाई अक्सिजन चाहिन्छ, जो कही कुनै माध्यमबाट उपलब्ध गर्न सकिन्छ भन्दै भेन्टिलेटरमा राखिने ५ प्रतिशतबाट १ प्रतिशतलाई मात्र जोगाउन सकिन्छ, तर यहाँ भेन्टिलेटरलाई ठूलो मुद्दा बनाइएको छ ।
प्रदेशमा १७ वटा भेन्टिलेटर रहेको चर्चा गर्दै मन्त्री साहले राजविराज र जलेश्वर अस्पतालमा भेन्टिलेटर त्यसै थन्किएको छ, चलाउने मान्छे नै छैन्,’ उनले भने, ‘भर्ना गर्न आवेदन खोल्यौं, कसैले आवेदन नै दिएनन् । भेन्टिलेटर भएरै केही हुनेबाला छैन् चलाउने मान्छ पनि चाहिन्छ ।
मन्त्री साहले पीसीआर मेसिनबाट कोरोना परीक्षण खर्चिलो र खतरनाक दुबै रहेको भन्दै सबाट आर्थिक भार खेप्न कठिन छ । एउटा पीसीआरको लागि १८ जना कर्मचारी चाहिन्छ। वर्षभर तलब भत्ता दिनुपर्ने हुन्छ । लाचार भएर पीसीआर मेसिन खरिद गरेको छु । यद्यपि, प्रदेशको आठवटै जिल्लामा आगामी १५ दिनभित्र पीसीआर मेसिन जडान भइसक्ने उनले आश्वासन दिएका छन् ।
सामानमात्र भएर कोरोनालाई पराजित गर्न नसकिने तर्क गर्दै उनले भने, अमेरिका, इंग्ल्याण्ड, फ्रान्स जस्तो मुलुकले सकेन, सामान मात्र भएर केही हुनेबाला छैन् मान्छे आफ्नो सतर्कता अपनाउन पनि उतिकै जरुरी छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !