जनकपुरधाम, भदौ ११ गते । कोरोनो संक्रमणले बिहीवार थप ४ जना पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।
एक गर्भवती महिला सहित बारामा मात्रै ५ जनाको मृत्यु भएको हो भने धनुषामा १ र पर्सामा २ जनाको संक्रमणले मृत्यु भएको समाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार कोरोबाट मृत्यु हुनेहरुमा बारा जिल्लाको विभिन्न स्थानका ४२, ५९, ७० र ७५ वर्षीय चारजना पुरुष र बाराकै सुवर्ण गाउँपालिका ४ हर्दियाकी २३ वर्षीय गर्भवती महिला रहेकी छन् ।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका १४ बहुअरीका ६२ वर्षीय पुरुष र पर्सा सुपौलीका ६६ वर्षीयको मृत्यु भएको छ ।
यस्तै बुधबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएका धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणबाटै मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
यो संगै प्रदेश २ मा कोरोनाबाट बिहीबारसम्म ज्यान गुमाउनको संख्या ७२ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !