जनकपुरधाम, भदौ ९ गते । महोत्तरीमा कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र कुमार झाका अनुसार मंगलबार मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
क्यान्सर रोगी रहेका मनरा सिस्वाका ७५ वर्षीय पुरुषलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ । क्यान्सर रोगी समेत रहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि जलेश्वर स्थित आइसोलेशनमा आउदँै गर्दा बाटोमै मृत्यू भएको अस्पतालले जनाएको छ ।
त्यस्तै लामो समयदेखि ढाड समस्याले ग्रसित बलवा नगरपालिकाका ६६ बर्षिय पुरुषको पनि मृत्यु भएको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !