Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपालकै उदाहरणीय मेयर हुन थापा : जसले लिदैनन् तलब भत्ता

सेवा सुविधा वापतको रकम गरीब विपन्नमा खर्च गर्ने थापा आफ्नै गाडी चढ्छन


सुभाष कर्ण/ जनकपुरधाम, भदौ ५ गते । स्थानीय तह जनप्रतिनिधि विलासी, सुविधामुखी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएको अवस्थामा एउटा यस्तो जनप्रतिनिधि पनि देखा परेका छन जसले सरकारी सेवा सुविधा नलिई दिनरात जनताको सेवामा जुटेका छन ।

विलासी र सुविधामुखी स्थानीय तह जनप्रतिनिधिका बीचमा भीमबहादुर थापा क्षेत्री यस्तो नाम हो जसले निर्वाचित भएदेखि तलब, भ्रमण तथा बैठक भत्ता, गाडी, बैठक र इन्धन लगायतका कुनैपनि सेवा सुविधा नलिई आजसम्म निस्वार्थ जनताको सेवा गर्दै आएका छन ।

निस्वार्थ सेवा भावले जनताको सेवा गर्ने ती व्यक्ति हुन प्रदेश नं. ५ नवलपरासीका सुनवल नगरपालिका मेयर भीमबहादुर थापा क्षेत्री । मेयर क्षेत्रीले सरकारबाट पाउने सेवा सुविधा वापतको रकम गरीब, विपन्नलाई सहयोग र स्वास्थ्यमा हरेक नागरिकको पहुँच होस भन्ने स्वास्थ्य क्षेत्रमा खर्च गर्दै आएका छन ।

नेपाल सरकारबाट पाउने तलब, भत्ता, इन्धन लगायतको रकम गरीब, असहाय र तिनीहरुको सेवाका लागि खर्चदै आएको कारण उनी देशमै चर्चाका विषय बनेका हुन । नेपाली कांग्रेसबाट निर्वाचित मेयर थापासरकारी गाडीको सट्टा आफ्नै निजी गाडी चढदै आएका छन भने त्यसमा प्रयोग हुने इन्धन समेत आफै तिर्ने गरेका छन । नगरपालिकाबाट पाउने सुविधा मात्र चिया लिने गरेको छ ।

लोकपुकारसँग कुरा गर्दै मेयर थापाले भने आफूले पाउने सेवा सुविधा वापतको रकम एनआईसी एशिया बैंकमा खाता खोली नगरपालिकाको मेयर विशेष कोषमा जम्मा गरिएको छ । कोषमा पहिलो वर्षको जम्मा रकमबाट गरीब, असहाय, विपन्नहरुलाई विभिन्न सहयोग गरियो र दुई वर्षको रकम सुनवल स्वास्थ्य चौकीमा दिने घोषणा गरिसकिएको छ ।

उनले भने स्वास्थ्य चौकीको भौतिक संरचना त नगरपालिकाबाट नै सरकारी स्तरमा बनि हाल्छ तर नगरपालिकाले गर्न नसक्ने अन्य सुविधा आफूले दिएको रकम खर्च हुनेछ । स्वास्थ्य चौकीमा दिइने रकमबाट अक्षय कोष स्थापना गर्ने कि, बर्थिङ्ग सेन्टर निर्माण गर्ने वा एक्सरे मेसिन खरीद गर्ने लगायतका विषयमा छलफल भइरहेको छ ।

मेयर थापाले भने स्वास्थ्य चौकीलाई सहयोग गर्ने घोषणा गरिएको ८ लाख ३ हजार मध्ये चालु आर्थिक वर्षको भदौ ४ गतेसम्म ७ लाख ९३ हजार १ सय ७९ रुपैया कोषमा जम्मा भइसकेको छ । रकम पुरा गदै अघिल्लो महिनामा हस्तान्तरण गरिनेछ या त्यसको नाममा कोषमै जम्मा रहनेछ ।

देशका अधिकांश पालिकाका जनप्रतिनिधिले कोरोना संक्रमण महामारीमा जोखिम भत्ता लिएका छन । तर मेयर थापाले कोरोना महामारी संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत आ.ब. वर्षको ३ महिनाको तलब भत्ता बराबरको १ लाख ३ हजार रुपैया सहयोग गरेका हुन ।

यसका साथै नगरपालिका बाहिर गएको बैठक भत्ताबाट आएको करीब एक लाख रुपैया मध्ये वडा नं. ८ का एक विपन्न व्यक्तिको किड्नी शल्यक्रियामा ३२ हजार, वडा नं. २ का एक जनालाई क्रिया खर्च वापत २५ हजार र विपन्न परिवारका एक व्यक्तिलाई सिटी रिक्सा खरीद गर्नमा सहयोग गरेको जानकारी समेत उनले दिए ।

थापा देशकै उदाहरणीय मेयर मध्ये एक हुन जसले यस्ता मेयर हुन जसले आफूले पाउने सेवा सुविधा वापतको रकम आर्थिक रुपले विपन्न वर्गका बिरामी, असहाय, अपांग, वृद्धवृद्धा र स्वास्थ्य तथा शिक्षाबाट वंचित भएका व्यक्तिहरुका लागि र प्राकृतिक प्रकोपबाट पिडीतको राहत सहितका सामाजिक क्षेत्रमा खर्च गर्दै आएका हुन ।

आफ्नो कार्यकाल अवधिभरका सरकारबाट पाउने तलब र भत्ता सहितको रकम र सोही बराबरको रकम थप गरी नगरभित्रको विपन्न वर्गको स्वास्थ्य, शिक्षा र आर्थिक सहयोगमा खर्च गर्ने योजना रहेको उनले बताए ।

निर्वाचित अघिदेखि नै निजी लगानीमा विकास निर्माण र विभिन्न सामाजिक कार्यहरु गर्दै आएका मेयर थापाले जनताको निस्वार्थ सेवा गर्न आफू राजनीतिमा आएको हुँ र भ्याएसम्मको सहयोग गरिरहने प्रतिबद्धता समेत जनाएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव