वीरगञ्ज भदौ ४ गते । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १२ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा बिहीवार साँझ आगलागी भएको छ ।
विद्युतिय तार सर्ट सर्किट हुँदा फर्म भएको सो आगलागीले गोदाममा रहेको लाखौ रुपैया बराबरको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ ।
पर्सा र बाराबाट आएका वारुण यन्त्र तथा स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएइएको भीषण क्षति हुनबाट जागिएको कुरा ट्रेडिङका संचालक धु्रवले बताएका छन ।
साह वीरगञ्ज स्थित रेडियो वीरगञ्जका संचालक एवं निर्देशक समेत रहेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !