जनकपुरधाम, भदौ ४ गते । उपचार आभावमा प्रदेश २ को प्रादेशिक अस्पतालमा एक बिरामीकाृ मृत्यु भएको छ ।
मृगौलामा समस्याले सिकिस्त बिरामी धनुषाको सबैला नगरपालिका २ का प्रमोद महतोलाई कोरोना संक्रमणको डरले भर्ना नलिएपछि डायलाइसिस आभावमा मृत्यु भएको छ ।
एक वर्षदेखि मृगौला समस्याबाट पिडीत प्रमोदको वृद्ध आमा बुवाले एम्बुलेन्समा राखेर डायलासिसका लागि मंगलवार करीब ३ बजेतिर एम्बुलेन्समा बोकेर जसोतसो प्रादेशिक अस्पताल ल्याए तर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उपचार त के छोएन पनि ।
अस्पतालमा प्रवेश गरेपछि पुर्जा कटाएर उनका आमा बुवा छोरालाई लिएर डायलाईसिस कक्षमा जान लाग्दा गार्डले जान दिएन । छोराको अवस्थाबारे त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई भनेपछि कोरोना भाइरसको जोखिम रहेकाले यहाँ उपचार हुँदैन भनी फर्काइ दिएपछि बुधवार उनको मृत्यु हुन गयो ।
अस्पतालबाट फर्किरहेको बेला एक संचारकर्मीले बिरामीको आमा बुवासँग के भएको भनी सोध्दा प्रमोद मृगौला रोगी रहेको छ, डाक्टरले कोरोना लाग्छ भनी उपचार त कैण्डूला समेत नलगाइ दिएको उनको आमाले बताएकी थिइन । कोरोनाको कारण हामी भर्ना लिदैनौ । यहाँबाट विरामी लानुस भनेर डाकटरले फर्काइदियो उनले बताईन ।
प्रमोदको दर्द झन बढ्न लाग्यो । उनी छटपटाउँदै थिए । त्यहाँ भएका स्वास्थ्यकर्मीले सबै देखिरहेका थिए । तर जतिभन्दा पनि उपचार गर्न नमानेको यहाँसम्म की डायलाइसिस कक्षको गेटबाट भित्र पनि पस्न दिएन,’ प्रमोदका बुवा जोगेन्द्र महतोले भावुक हुँदै भने ।
संचारकर्मीसँग कुरा गर्दै जोगेन्द्रले भने छोराकालागि उपचारकालागि त्यहाँका डाक्टरलाई घण्टौ बसेर गुहार लगाइरह, उपचार नहुने देखेपछि आफु र आफ्न्तले समेत राजननितीक पहल समेत गरे । तर अस्पतालका डाक्टरले कसैको सुनेन् ।
प्रमोद करिब एकवर्षअघि देखि मृगौला रोगी रहेको उनले जानकारी दिइन् । उनका अनुसार करिब एकसाता अघिमात्र काठमाडौँ स्थित टिचिङ अस्पतालबाट प्रमोद ठिक नहुँदै घर फर्केका थिए । त्यसयता उनी औषधी सेवन गरेपनि उनको अवस्था बिग्रिदै गएको थियो उनको परिवारजनले बताए ।
अस्पताल प्रशासन भन्छन हामी दोषी छैनौ
तर घटना बारे अस्पताल प्रशासनले उपचार नगरेको भनी पिडीत पक्षले लगाएको आरोप गलत रहेको दाबी गरेका छन ।
अस्पताल प्रशासनका रामटहल यादवले बिहीवार प्रेश विज्ञप्ती जारी गरी मृतक प्रमोदको आमाबुवाले ५ बजेतिर यहाँको डायलाइसिस नभएपनि बिना कुनै कागजातकै बलपुर्वक डायलसिस वार्डमा प्रवेश गरी राखेको थियो ।
ड्युटीमा रहेका स्टाफनर्सले अन कल फिजिसियन चिकित्सक तथा डायलसिस विभागको प्रमुख चिकित्सक दुबै जनालाई बोलाएर त्यहीँ ठाउँमा विरामीको विभिन्न जाँच गराउनका भनियो तर तिनीहरु बिना चेकजाँच गराई कसैलाई जानकारी नै नदिई अन्यत्र गएको विज्ञप्तिमा भनिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !