जनकपुरधाम, भदौ २ गते । प्रदेश २ मा अहिलेसम्म सबैभन्दा बढी ३ सय २४ जनामा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा जारी पीसीआर रिपोर्ट सूचना अनुसार सबैभन्दा बढी पर्सामा र सबैभन्दा कम सर्लाहीमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
सो सूचना अनुसार धनुषामा प्रहरी र स्वास्थ्यकर्मी सहित ५४, महोत्तरी र सिरहामा १३/१३ जना, बारामा ५९, पर्सामा १२४, सर्लाहीमा ३, रौतहतमा ४४ र सप्तरीमा २ जनामा कारोना संक्रमण पुष्टि भएको निर्देशनालयका विजयकुमार झाले जानकारी दिएका छन ।
उनका अनुसार धनुषाको सदरमुकाम जनकपुरधाम उपमहानगरपालिकामा ३६, सबैलामा १, चक्करमा २, घोडघासमा २, हंसपुर नगरपालिकमा ५, मिथिला बिहारी र सबैला नगरपालिकामा १÷१, मिथिला र शहीदनगर नगरपालिकामा २/२, पौडेश्व र औरहीमा १÷१ तथा नेपाल प्रहरीका एक प्रहरी संक्रमित भएका हुन ।
जनकपुरधाममा संक्रमित हुनेहरुमा जानकी मेडिकल कलेजका २, जानकी हेल्थ केयर रिसर्च सेन्टरका ३, जेएचआरसीका २ जना गरी ३ जना स्वास्थ्यकर्मी, नेपाल बंग्लादेशका ३, लक्ष्मी बैंकका १ जना कर्मचारी समेत संक्रमित भएको छ भने महोत्तरीको बर्दिबास नगरपालिकामा २, मठिहानी उद्योग वाणिज्य संघका ६, रतौली, महोत्तरी, रामगोपालपुर, सुगा र बलवामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिरहाको मिर्चैया क्वारेन्टाइनमा ६, सोठियारा र कल्याणपुरमा १÷१ तथा ठाउँ नखुलेको ५ जनामा कोरोना पुष्टि भएको छ भने बाराको कलैयामा ६, प्रसौनीमा ५, सिम्रौनगढ, र सिमरामा १÷१, कलैया अस्पतालका ४, पथलैयामा ५, कोल्हवीमा ७, एसएनपी बारामा ६ तथा ठाउँ नखुलेको २१ जनामा कोरोना पुष्टि भएको झाले जनाएको छ ।
यसैगरी पर्साको वीरगंज महानगरपालिकाको विभिन्न वडामा २७, बहादुरमाई नगरपालिकामा २५, पोखरिया नगरपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा ५, विर्ता प्रहरी चौकीमा २, नेशनल मेडिकल कलेजमा २ र ठाउँ नखुलेको ६२ जनामा कोरोना पुष्टि भएको छ भने रौतहटको कटहरियामा १, गरुडा नगरपालिकामा २ र ठाउँ नखुलेको ४१ जना संक्रमण समेत पुष्टि भएको जनाइएको छ ।
प्रदेशको सर्लाहीको लालबन्दीमा १ र ठाउँ नखुलेको २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ भने सप्तरीको राजविराज नगरपालिकामा १, हनुमाननगर कंकालिनी गाउँपालिकाका ११, तिलाठी कोइलाडी गाउँपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा संक्रमणले ४७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे ७ पुगेको छ जसमध्ये ३ हजार ७ सय ९० जना उपचार पश्चात निको भई घर फर्किसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !