काठमाडौ, भदौ २ गते । नेपालको झण्डा जलाएको आरोपमा एकजनाई प्रहरीले पक्राउ गरेको छ ।
‘देशद्रोही’ शीर्षकमा युट्यूबमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका लागि प्रहरीले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । अपराध महाशाखाका एसएसपी दिपक थापाले एक जनालाई पक्राउ गरिएको र अनुसन्धानका लागि अन्यको खोजी कार्य जारी रहेको बताएका छन् ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था रहेको छ ।
मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड भई सार्वजनिक गरिएको थियो । युट्युवमा गी हाले लगत्तै सामाजिक संजालमा कडा प्रतिक्रिया आउन थालेको थियो ।
अहिले सामाजिक सञ्जालमा झण्डा जलाएको दृश्य सहितको फोटो निकै भाइरल भइरहेको छ । सबैले यस गीतमाथि तत्काल एक्सन लिई दोषीमाथि कारवाही गर्न प्रहरीलाई मांग गरिएको छ ।
सो गीत ¥याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन् ।
गीतको सुटिंग मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको बुझिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !