वीरगंज, भदौ २ गते । पर्सा सशस्त्र प्रहरीले २० किलो लागुऔषध चरेश बरामद गरेको छ ।
गएराती जिल्लाको जगरनाथपुर गाउँपालिका २ दसौता गाउँ नजिकबाट सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले सो चरेश बरामद गरेको हो ।
मुडली टिनडोबियाबाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्वमा खटेको टोलीले ३८ वटा पोकामा राखिएको २० चरेस बरामद गरेको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताएका छन ।
तस्करहरुले प्रहरीलाई देखेपछि चरेसको पोका फालेर फरार भएको उनले बताए । बराम्मद भएको चरेस ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !