वीरगंज, भदौ १ गते । पछिल्लो २४ घण्टाा पर्सा जिल्लामा मेयर, पत्रकार र अस्पताल प्रमुख सहित ९२ जना संक्रमित भएको छ ।
आइतबार साँझ प्राप्त पीसीआर रिपोर्ट अनुसार पोखरिया नगरपालिकामा मेयर दिपनारायण रौनियार र पोखरिया अस्पताल प्रमुख सहित ३३ जनामा कोरोना पुष्टि भएको छ ।
मेयर रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पताल मेसु रौनियार सहित ६ स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन । संक्रमित हुनेमा एक जना पत्रकार पनि छन् ।
पोखरिया नगरपालिकाका एक वडा अध्यक्षमा संक्रमण पुष्टि भएपछि गत श्रावन २६ गते मेयर रौनियारसहति उनी निकटका व्यक्तिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएपछि तिनीहरुमा पोजेटिव रिपोर्ट आएको हो ।
पोखरिया सहित पर्साको वीरगञ्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाकागरी थप ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाका ३८, जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जना, सखुवाप्रसौनी गाउँपालिकामा एक वडा अध्यक्ष सहित ६ जना सहित ४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !