जनकपुरधाम, साउन ३२ गते । धनुषाको जनकपुरधाममा थप एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।
हिजो (शनिवार) बिहान ८ बजे जनकपुरधामको काव्या हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको जनकपुरधाम ६ निवासी ४३ वर्षिय पुरुषको आइतवार सार्वजनिक पीसीआर परीक्षण कोरोना पोजेटिभ पुष्टि भएको हो ।
ती पुरुषको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका विजय झाले पुष्टि गरेका हुन ।
मृतक जनकपुरका राम युवा कमिटीका पुर्व अध्यक्ष र युवा समाजसेवीको रुपमा परिचित रहेको छ । मृतकको स्वाब संकलन गरी अन्त्येष्टिका लागि शव परिवारजनको जिम्मा लगाइएको थियो । अन्त्येष्टिपछि आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो ।
मृतक पुरुष केही दिनदेखि ज्वरो र रुघाखोकीबाट ग्रसित थिए । सिकिस्त भएपछि बुधवार उनलाई काव्या हस्पीटलमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यता कोरोना पुष्टि भएपछि उपचार भएका काव्या हस्पीटलका सम्पूर्ण कर्मचारी, मृतकको परिवारजन र मलामी गएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको आधारमा पीसीआर परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !