Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा बजेट दुरुपयोग र भ्रष्टाचारको नालीबेली


जनकपुरधाम, साउन ३२ गते । प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आइरहेको बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा बजेट दुरुपयोग गरी ब्रम्हलुट नै मचाएको देखिएको छ ।

प्रभावकारी भनिएको बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत साइकल वितरण कार्यक्रममा व्यापक अनियमितता भएको देखिएको छ । बजारमा खुद्रा दरमा बढीमा ५ हजारमा पाइने साइकल साइकल ७ हजार २ सयको दरले १४ हजार थान खरीद गरिएकोमा प्रति साइकल २२ सयको दरले भ्रष्टाचार भएको देखिन्छ ।

महालेखा परीक्षक प्रतिवेदनका अनुसार स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतले आफ्नो गृह पर्सालाई ग्राहयता दिदैं आ.ब. ७५/७६ मा ३१ करोड खर्च मध्ये मात्र ३ वटा पोखरीको सौन्दर्यकरणको नाममा ३१ करोड निकासा गराएको छ ।

विकास निर्माण र जनचेतनामूलक सार्वजनिक कार्यक्रमका साथै प्रशासनिक तर्फ समेत व्यापक भ्रष्टाचार गरिएको लोकपुकारले अध्ययन गरेको सो प्रतिवेदनमा पाइएको छ । प्रतिवेदन अनुसार निजी सचिवालयमा रहेका कर्मचारीको नियुक्तभन्दा पहिला १० महिना बराबरको करीब पौने ३ करोड तलब बिना बिल भरपाईकै एकमुष्टै खर्च भुक्तानी गरिएको छ ।

यति मात्र होइन मुख्यमन्त्रीको सेवा सुविधा भनी मापदण्डमै नरहेका आर्थिक र सुरक्षा सल्लाहकारको पदको नाममा विभिन्न व्यक्तिको नाममा ५ लाख रुपैया भन्दा बढी रकम खर्च गरेको महालेखा परिक्षकको ठहर । यसका साथै मापदण्ड नै नपुरा गरी मुख्यमन्त्री आफू स्वयं, अन्य मन्त्री, कर्मचारीको भ्रमणको नाममा प्रत्येक वर्ष ९० लाखको हाराहारी खर्च गरेको छ ।

मुख्यमन्त्री कार्यालयले विभिन्न परियोजनाको डीपीआर तयार गर्नमा प्रत्येक वर्ष एक करोडको हाराहारीमा रकम खर्च गर्ने गरेको तर ती योजनाहरु के भयो कुनै अतोपतो छैन । यस्तै मापदण्ड पुरा नै नगरी बिना बिल भरभरपाईको चिया, खाजा, अतिथि सत्कारमा एक करोडभन्दा बढी रकम आर्थिक वर्ष ०७५/७६ मा खर्च गरेको ठहरले सम्बन्धित कर्मचारीसँग मिलेर अनियमिता गरेको प्रष्ट हुन्छ ।

जनकपुरधाममा हुने विवाह पंचमी महोत्सवमा अयोध्याबाट आएको पाहुना सहित मात्र ३ सय साधु सन्तको सत्कारमा २५ हजारका दरले ७३ लाख रुपैया खर्च देखाई अनियमिता गरेको भनी हालसम्म विवादित बनेको छ ।

मुख्यमन्त्री राहत कोषबाट करोडौ रुपैया वितरण हुंदै आएको छ तर सो रकम लक्षित समूहसम्म पुग्न नसकेको छैन महालेखा प्रतिवेदनका अनुसार मापदण्ड विपरित बिना बिल भरपाईको रकम खर्च गरिएको हो ।

मुख्यमन्त्री कार्यालयको व्यापक ब्रम्हलुट गाडीको मरम्मत सम्भार देखिएको छ । सोही वर्ष करीब ५ करोड रुपैया बराबरको खरीद गरिएको नयाँ गाडीको मरम्मत सम्भारमा ५० लाख रुपैया खर्च देखाइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको ठूलो असफलता नातावादमा परेर आफ्नो भतिजा मोहम्मद साबिरलाई संयोजक बनाएको परियोजना सिप हो । प्रदेश सरकारले ३ वर्षमा ४२ हजार युवालाई रोजगार दिने भनेको थियो तर दुई बितिसक्दा एक सयजनाले पनि रोजगार पाएको छैन ।

समयमै कार्यक्रम सम्पन्न गर्न नसक्दा प्रत्येक वर्ष ५० प्रतिशतभन्दा रकम बेरुजु गराउने मुख्यमन्त्री कार्यालयको संघीय सरकारबाट शसर्त र निर्शत अनुदान बजेट कार्यक्रम संचालन हुन नसक्दा अधिकांश रकम फिर्ता गर्नु परेको महालेखा परिक्षकको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव