Sunday, August 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कहाँ गयो रौतहटमा पीसीआरका लागि निकासा गरिएको डेढ करोड रुपैया ?

रकम बारे सोधीखोजी गर्नुको सट्टा विपत व्यवस्थापनद्वारा चन्दा संकलन कार्य शुरु


सुभाष कर्ण/ जनकपुरधाम, साउन ३१ गते । प्रदेश २ को सबैभन्दा बढी संक्रमित रहेको रौतहट जिल्लाका लागि पीसीआर मेसिन संचालन तथा व्यवस्थापनको नाममा निकासा गरिएको डेढ करोड रुपैया झ्वाम पार्ने चलखेल भइरहेको छ ।

समुदायस्तरमा तिव्र रुपमा बढदै गएको कोरोना संक्रमण परीक्षण आभावमा हाल बेहाल भएपछि पीसीआर मेसिन खरीदका लागि जिल्ला बिपत व्यवस्थापन समितिले चन्दा उठाउन निर्णय गरेको छ । तर मन्त्रालयद्वारा निकासा गरिएको आरटी पीसीआर मेसिनका लागि निकासा गरिएको डेढ करोड रुपैया बारे कसैले सोधीखोजी गरेको छैन ।

सामाजिक विकास मन्त्रालयले करीब दुई महिना अगाडि नै जिल्लाको सदरमुकाम गौरस्थित अस्पतालमा आरटी पीसीआर मेसिन संचालन तथा व्यवस्थाको नाममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई डेढ करोड रुपैया निकासा गरेको छ । निकासा गरिएको सो रकम कुरा सम्बन्धित निकायले गौण राखेका छन । पीसीआर मेसिनका लागि रकम छंदाछदै स्थानीयलाई सास्ती भोग्नु परिरहेको छ ।

कहाँ गयो डेढ करोड रुपैया

मन्त्रालयले जेठको अन्तिम सातामा सार्वजनिक गरेको कोरोना संक्रमण रोकथाम खर्च हिसाबमा जनकपुर र राजविराजमा थप आरटी पीसीआर मेसिन खरीदका लागि ४०÷४० लाखको दरले ८० लाख रुपैया तथा गौर अस्पतालमा पीसीआर मेसिन संचालन तथा व्यवस्थापनका लागि डेढ करोड गरी कुल २ करोड ३० लाख रुपैया केन्द्रको नाममा निकासा गरेको छ ।

जनकपुर र राजविराजमा आरटी पीसीआर मेसिन त जडान भयो तर गौर अस्पतालमा के कति कारणले जडान हुन सकेन भन्ने बारे सत्यतथ्य जवाफ सम्बन्धित निकाय कसैले पनि दिएको छैन । जनकपुर र राजविराजको लागि मात्र ४० लाख र गौरका लागि डेढ करोड निकासा गर्नु भनेको खुल्ला भ्रष्टाचार रहेको नागरिक समाजका अगूवाहरुको रहेको छ ।

प्रदेश सरकारले सहयोग गर्छ भन्ने बाटो कुर्दाकुर्दै अन्ततः शुक्रवार स्थानीय राजनीतिक, जनप्रतिनिधि लगायतको सहभागितामा जिल्ला विपत व्यवस्थापन समितिले पीसीआर मेसिन जडान र आइसोलेशन निर्माणका लागि स्थानीय तहबाट ५ लाख, प्रदेश सांसदबाट ५ लाख, संघीय सांसदबाट १० लाखको दरले ४० लाख रुपैया चन्दा संकलन गर्ने निर्णय गरियो ।

कोरोना नियन्त्रणमा प्रदेश सरकार असफल रहेको भन्दै स्थानीय स्तरमा युवाहरुले समेत पीसीआर मेसिन जडानका लागि चन्दा उठाउने कार्य शुरु भइसकेको छ । तर अस्पतालको नाममा निकासा गरिएको डेढ करोड रुपैया बारे कसैलाई थाहा पनि छैन । लोकपुकारले कोरोनाको नाममा मन्त्रालयको खर्च हिसाब खोज्दै जाँदा गौर अस्पतालको नाममा पीसीआर मेसिनका लागि डेढ करोड दुई महिना अगावै निकासा गरिएको फेला पारयो ।

अस्पताल प्रमुख भन्छन : थाहै छैन रकम निकासा बारे

अस्पतालको नाममा पीसीआर मेसिन संचालनका लागि निकासा गरिएको रकम बारे लोकपुकार सँग गौर अस्पतालका डा. कृष्ण यादवले आश्चर्य व्यक्त गर्दै भने पीसीआर मेसिन संचालनका लागि यस अस्पतालको नाममा रकम निकासा गरिएको थाहै छैन । हालसम्म अस्पतालको बैंक खातामा कुनैपनि रकम कुनै निकायबाट आएको छैन ।

डा. यादवले भने रकम निकासा बारे त थाहा छैन, तर केही दिनअघि मन्त्रालय र आपूर्ति केन्द्रबाट अस्पतालमा पीसीआर मेसिन जडान हुन्छ ठाउँको व्यवस्थापन गर्नु भनिएको छ । सो सम्बन्धमा बुझ्न र प्रादेशिक ल्याबको कसरी व्यवस्थापन गरिएको हेर्न हामी जनकपुर चाँडै जानेछु ।

पीसीआर मेसिनको आभावमा स्वाब संकलन गरी पर्साको विरगंज स्थित नारायण अस्पतालमा पठाउनुपर्छ र ढिलो गरी रिपोर्ट आउने गरेको गुनासो समेत डा.यादवले गरे । पीसीआर परीक्षण ढिलाइ हुंदै गरेको कारण स्थानीयवासी, नागरिक समाजका अगुवा र राजनीतिक दलका प्रतिनिधि शुरुदेखि जिल्लामै पीसीआर मेसिन व्यवस्थापन हुनुपर्ने मांग गर्दै प्रदेश सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन ।

प्रक्रिया पुरा गर्न ढिलाई भो : डा. यादव

यता प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवसँग जिज्ञासा राख्दा उनले शुरुमा अनभिज्ञता प्रकट गरे । तर आफूसँग मन्त्रालयको खर्च हिसाब तथ्यांक रहेको लोकपुकारले दाबी गरेपछि प्रमुख डा. यादवले भने जेठ महिनामा होइन असारको अन्तिम सातामा निकासा गरिएको हो, प्रक्रिया शुरु भइसकेकोले चाँडै नै जडान हुनेछ ।

जनकपुर, राजविराज र गौरका लागि एकैपटक रकम निकासा भएकोमा जनकपुर र राजविराजमा जडान भएको दुई महिना बित्न लाग्यो तर गैरमा हालसम्म जडान नहुनुको कारण के भन्ने जिज्ञासामा अल्मलाउंदै उनले प्रक्रियामा जान समय लाग्छ, टेण्डर भइसकेको छ, साता दस दिनभित्र जडान भईहाल्ने बताए ।

प्रजिअले केन्द्रको गलती ढोकछोप गर्दै

जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग डेढ करोड रुपैया निकासा गर्न बारे उनले भने आपूर्ति केन्द्रले १० दिनभित्र व्यवस्थापन गरिदिन्छु भनेको छ । तर त्यो रकमबाट मेसिन संचालन र व्यवस्थापनमा मात्रै खर्च हुन्छ, मेसिन खरीद र आइसोलेशन वार्ड निर्माणका लागि चन्दा संकलन गर्ने निर्णय गरिएको हो ।

आपूर्ति केन्द्रले गरेको लापरवाही बारे ढाकछोप गर्दै प्रजिअ यादवले भने मेसिन जडान गर्नु चानुचुने कुरा होइन, जटिल प्रक्रिया हो, त्यसको व्यवस्थापनमा टाइम लागि नै हाल्छ । उनका अनुसार ७०/८० मेसिन रुम व्यवस्थापन र बांकी संचालनका लागि सामाग्री लगायतका लागि रकम छुटयाइएको हो ।

श्रोतका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र राजविराज स्थित प्रयोगशालामा मेसिन समेत गरी मुश्किलले ५० लाख खर्च भएको छ, तर गौर अस्पतालमा मेसिन बाहेक संचालन र व्यवस्थापनमै डेढ करोड रुपैया निकासा गर्नु भएको व्यापक भ्रष्टाचार चलखेल रहेको छ । आपूर्ति केन्द्रको भ्रष्टाचारको यो पहिलो घटना होइन यसअघि पनि कोरोना स्वास्थ्य सामाग्री लगायतको खरीदमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ ।

रौतहटमा हाल एक हजार ३ सय ८५ जना संक्रमित भइसकेको छ । जुन प्रदेशभरिका अन्य जिल्लाभन्दा बढी संख्या रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव