जनकपुरधाम, साउन ३० गते । जनकपुरधाम स्थित धनुषा साइन्स क्याम्पसको संचालक समितिको सदस्य सचिव डा. रामस्वार्थ रायको नाममा रहेको खाता अनियमिता आरोपमा रोक्का गरिएको छ ।
संचालक समितिका अध्यक्ष हिमालय शाहले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी डा. राय अध्यक्ष अनुपस्थिति देखाई अवैधानिक रुपमा २०६८ सालदेखि संचालक समितिको बैठकबाट विभिन्न निर्णय र अनियमितता समेत गरेको आरोप लगाएको छ ।
हिमालय शाहको अध्यक्षतामा सञ्चालक समिति रहने गरी २०६३ सालमा उच्च माध्यमिक शिक्षा परिषद् बाट नियमावली समेत स्वीकृतगरी क्याम्पस विधिवत सञ्चालन गर्दै आएकोमा विगत २०६८ साल चैत्र महिनादेखि समितिको सदस्य सचिवको रुपमा नियुक्त प्रा.डा. रामस्वार्थ रायले अध्यक्षको अनुपस्थिति देखाई सचेत गराउंदा पनिअवैधानिक रुपमा बैठक गर्दैं थियो ।
२०७० साल अशोज १६ गतेदेखि पुनः सञ्चालक अध्यक्षलाई अनुपस्थिति देखाई आफूलाई सदस्य सचिवको हैसियतमा सञ्चालक समितको बैठक राखि क्याम्पसलाई आर्थिक व्यभार समेत पर्नेगरी थुप्रै निर्णयहरु गर्नु भएको र क्याम्पसको आर्थिक गतिविधि समेत अपारदर्शी र अनियमितता भएको ठहर गर्दै उनको हस्ताक्षरमा चल्ने क्याम्पसको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नगद जम्मा बाहेक अध्यक्ष र सदस्य सचिवको संयुक्त हस्ताक्षरको व्यवस्था नहुञ्जेलसम्म रकम झिक्न सहितका सबै कारोबार रोक्का गरिएको अध्यक्ष साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
क्याम्पसमा भएको अनियमितता रोक्नकालागि बैंक खाता रोक्काले शिक्षक र कर्मचारीहरुको मासिक तलबमा ढिलाई हुन सक्ने भएकोले तत्काल सबै सञ्चालक पदाधिकारीहरुलाई विधिसम्मत रुपमा सञ्चालक अध्यक्षको अध्यक्षतामा बैठक बसेर क्याम्पसको हिसाव किताब पारदर्शी भएपछि विधि र प्रक्रियबाट क्याम्पस सञ्चालन हुनेछ ।
उक्त क्याम्पस सञ्चालनमा अध्यक्ष साहको चालिस प्रतिशत र प्रा.डा. रामस्वार्थ राय, श्री रामचन्द्र यादव, श्री किशोरी नायक, श्रीमति कैलाशदेवी यादव, श्री वौधनाथ प्रसाद साह, श्री विनोद कुमार साह र श्री ब्रम्हदेव यादव समेतको साठी प्रतिशत रकम लगानी रहेको विज्ञप्तिमा उल्लेख छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !