जनकपुरधाम, साउन ३० गते । धनुषाका एक प्रतिनिधिसभा सदस्य सहित प्रदेश २ मा ४८ जना कोरोना संक्रमित भएको छ ।
शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य चिकित्सिक सहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थय प्रयोगशालाले जनाएको छ । जनकपुरधाम स्थित मुक्तिनाथ विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको हो । यस भन्दा पहिला पनि मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रादेशिक जनस्वास्थ्य प्रयागशालाका अनुसार जनकपुरधाम उपमहानगरमा २२, मिथिला बिहारी नगरपालिकामा १, बटेश्वर गाउँपालिकामा १, हंसपुर नगरपालिकामा १, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा १, जमुनीवासमा १, मिथिला नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १ र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !