जनकपुरधाम, साउन २९ गते । आगामी असोज २४ गते हुने भनिएको अधिकारित ट्रेड युनियनको निर्वाचन कोरोना भाइरस महामारीको दृष्टिगत गरी स्थगित गर्न नेपाल मधेशी निजामति कर्मचारी मञ्चले मांग गरेको छ ।
कोरोना भाइरस महामारीले गर्दा असोज २४ गते युनियनको सीबीए निर्वाचन गराउनु डब्बलूएचओको कोरोना नियन्त्रण गाइडलाईन विपरित हुने र धरातलीय रुपमा अव्यवहारिक समेत हुने भएको तत्काल स्थगित गरी चैत महिनामा गराउन मांग सहित मञ्चले प्रधानमन्त्रीलाई माँग पत्र बुझाएका छन ।
मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी मार्फत आफ्ना ४ बुँदे मांग पत्र बुझाएका छन । मञ्चका अध्यक्ष भुवनेश्वर चौधरी चौधरीद्वारा बुझाइएको सो मांगपत्रमा हाल जारी लकडाउन र निषेधाज्ञाको कारण दुई महिनाभित्र व्यवस्थित र सहभागितामूलक रुपमा सम्पन्न हुन नसकेको निर्वाचन परिणाम सर्वस्वीकार्य नहुने भनिएको छ ।

युनियनको पछिल्लो निर्वाचनमा ७.८ प्रतिशत मत ल्याएपनि लादिएको १० प्रतिशत थ्रेसहोल्ड प्रणालीले गर्दा ८ प्रतिशत मधेशीको निजामति सेवामा सहभागिता भएपनि युनियनमा प्रतिनिधित्व गर्नबाट वंचित रहेको भन्दै मञ्चले समानुपातिक समावेशी सिद्धान्त कायम गर्न राजनीतिक दल राष्ट्रिय पार्टी हुुन खसेको ३ प्रतिशत मतको व्यवस्था अनुरुप नै युनियनको निर्वाचनमा पनि १० प्रतिशतको थ्रेसहोल्ड हटाई ३ प्रतिशतमा कायम गर्न मांग गरेको छ ।
साथै निजामति सेवा नियमावली २०५० को तेह्रौ संशोधनबाट लादिएको थ्रेसहोल्ड प्रणालीको प्रारम्भदेखि नै संविधान विपरित रहेको भन्दै मञ्चले विरोध गर्दैै मौलिक हकमा प्रतिबन्ध लगाउने गरी षडयन्त्रणपुर्वक, पुर्वाग्राही र भेदभावपुर्ण तरिकाले थपिएको थ्रेसहोल्ड प्रावधान खारेजको मांग गर्दै सर्वोच्च अदालतमा मुद्दा समेत विचारधिन रहेको स्मरण गराउंदै तत्कालका लागि सीबीए निर्वाचन स्थगन गर्न मांगपत्रमा भनिएको छ ।
सो मांग पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनको निर्वाचन २०७७ प्रमुख निर्वाचन अधिकृतको कार्यालय र निजामति कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन कार्यालयलाई बोद्यार्थ जनाइएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !