जनकपुरधाम, साउन २९ गते । कोरोना संक्रमणको जोखिम बढदै गएको दृष्टिगत देशभरि बिहीवारदेखि लागू हुने गरी अनिश्चिकालाका लागि सवारी पास बन्द गरिएको छ ।
कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई बिहीवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएको ‘सवारी पास’ नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरिसकिएको छ ।
यो निर्णयसँगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले यसअघिदेखि नै एक जिल्ला मानेर सवारी पासमा रोक लगाइ सकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !