जनकपुरधाम, साउन २५ गते । कोरोना लक्षण देखिएका दुईजनाको धनुषाको जनकपुरधाम स्थित विभिन्न निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जनकपुरधामको संकटमोचन मन्दिर नजिकै रहेको काव्या होस्पीटलमा मुटु तथा दमको रोगी सबैला नगरपालिका निवासी ५० वर्षिय भरत पुर्वेको उपचारको क्रममा मृत्यु भएको छ ।
पुर्वे सिकिस्त भएपछि उपचारका लागि काव्या होस्पीटलमा ल्याइएको थियो उनको उपचारकै क्रममा मृत्यु भएको कुरा प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।
यस्तै कदमचौक स्थित विनय तारा फाउन्डेसन अस्पतालमा कोरोना लक्षण देखिएका सुरक्षा गार्डको रूपमा कार्यरत मिथिलाविहारी नगरपालिका ५ ललियाका ५० वर्षिय विन्देश्वर मण्डले मृत्यु भएको छ ।
बिहान ७ बजे शौचालय गएपछि स्वाँस प्रस्वाँसमा समस्या भएपछि फाउन्डेसन अस्पतालमै ल्याउँदा उनको बाटोमा मृत्यु भएको थियो । पाँच दिन देखि उनलाई ज्वरो आइरहेको र स्थानीय स्तरमै पसलमा औषधी किनेर खाने गरेको थिए । मृत्यु हुनेमा रहनु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवैको शवबाट कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीले स्वाब, रगत सहितको आवश्यक वस्तु लिई सकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम कुमार भट्टराईले जानकारी दिएका छन ।
हाल कोरोनाको आशंका मात्र भएकाले दुवैको शव शद्गतका लागि परिवारको जिम्मा लगाएको र परीक्षण रिपोर्ट आएपछि कोरोना पोजेटिभ भएको खण्डमा मृतकको सम्पर्कमा रहेकाहरूको कोरोना परीक्षण गरिने उनले बताए ।
साथै मृतक आशंकित व्यक्ति भएको हुनाले सीमित व्यक्तिलाई मात्र संस्कारमा जानका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले भट्टराईले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !